धाइजनको क्वारेन्टाइनबाट ९ जना घर फर्किए

  प्रकाशित मिति
२१ बैशाख २०७७, आईतवार २२:४५


मेचीनगर । मेचीनगर–११ स्थित धाइजन स्वास्थ्य केन्द्र क्वारेन्टाइनमा रहेका ९ जना आइतबार घर फर्किएका छन् ।

क्वारेन्टाइनमा रहेका नौ जनाको कोभिड–१९ को एन्टीबडी परीक्षण गरिएपछि उनीहरु घर फर्किएका हुन् ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय झापाको संयुक्त टोलीले त्यहाँ रहेका ९ जनाकोे र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको थियो ।

स्वास्थ्यकर्मीको टोलीले उनीहरुसहित आइतबार नगरका विभिन्न वडाका १२ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको स्वास्थ्य शाखा संयोजक शशीकला राईले बताइन् ।

यसैगरी नगरको वडा नम्बर २ र ४ को ८ जनाको पोलिमिरेस चेन रियाक्सन पीसीआर माध्यमबाट थ्रोड स्वाब संकलन गरी परीक्षण गरिएको छ ।

यसैगरी वडा नम्बर २ स्थित मेची जनसाधारण माध्यमिक विद्यालयमा रहेका ४६ जना भारतीय नागरिकमध्ये ४३ जनाको स्क्रिनिङ र ३ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको मेचीनगरपालिकाका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीले जानकारी दिए ।

शाखा संयोजक राईको नेतृत्वमा ल्याब टेक्निसियन टीकाराम ढकाल, ल्याब असिष्टेन्ट अनिमा राजवंशीले आरडिटी विधिबाट स्वास्थ्य कार्यालय झापाका महामारी रोग फोकल पर्सन जीवन चौलागाईँसहितको स्वास्थ्यकर्मीहरुको टोलीले पोलिमिरेस चेन रियाक्सन (पीसीआर) विधिबाट थ्रोड स्वाब संकलन गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: