धाइजनको क्वारेन्टाइनलाई प्राईमेरी आइसोलेशन अस्पताल बनाईने

  प्रकाशित मिति
१८ जेष्ठ २०७७, आईतवार ०८:४३


।। अर्जुन कार्की ।।

मेचीनगर । कोरोना संक्रमितका लागि मेचीनगरमा प्राईमेरी आइसोलेशन अस्पताल बनाउने भएको छ ।

मेचीनगर–११ स्थित धाइजनको स्वास्थ्य चौकीको भवनलाई मेचीनगर नगरपालिकाले प्राईमेरी आइसोलेशन अस्पताल बनाउने भएको हो ।

नगरपालिकाले एकहप्ता अघि नै कार्यपालिकाको निर्णय अनुसार धाइजनको स्वास्थ्य चौकीको भवनलाई प्राईमेरी आइसोलेशन अस्पताल बनाउने भएको छ ।

आइतबार डाक्टरहरुसहितको वैठकले कति वटा वेडको, कस्तो प्रकृतिको आइसोलेशन अस्पताल बनाउने भन्ने विषयमा छलफल हुने नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले बताए ।

संक्रमित विरामीहरुको चाप दिनदिनै बढिरहेको बेला राख्ने ठाउँसमेत नभएको अवस्थामा नगरपालिकाले त्यसैलाई मध्यनजर गरेर उक्त अस्पताल बनाउन लागिएको उनले बताए ।

यस अघिदेखि उक्त भवनलाई नगरपालिकाले क्वारेन्टाइनको रुपमा प्रयोग गर्दै आएको थियो ।

भारतबाट दशदिन अघि आएका आफ्नै वडाका ८ जना स्थानीयबासीलाई उक्त क्वारेन्टाइनमा राखिएको वडा सदस्य सरोजबिक्रम खरेलले बताए ।

उनीहरुलाई शनिबारै नजिकैको वलभद्र माविको भवनमा सारिएको छ ।

करिव १५ वेडसम्मको अक्सिजनसहितको प्राईमेरी आइसोलेशन अस्पताल बनाउने तयारी गरिएको नगरप्रमुख विमल आचार्यले बताए ।

योसँगै विकल्पका रुपमा आम्दा मेची अस्पताल धुलाबारीलाई पनि प्रयोग गर्न सकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: