मेचीनगर । धाइजन गाविसले २३ औँ गाउँ परिषदद्वारा आर्थिक बर्ष २०७३÷०७४ को बजेट र नीति तथा कार्यव्रmम विहीबार एक कार्यव्रmमका बीच सार्वजनिक गरेको छ ।
स्थानीय विकास अधिकारी प्रदीपकुमार निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा गाविस सचिव सुदर्शन बरालले ५९ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
उनले लक्षित समुदाय महिला, बालबालिका, आदिवासी जनजाति, अपाङ्ग र ज्येष्ठ नागरिकका लागि १२ लाख ९६ हजार, प्रकोप, सडक मर्मतसम्भार र सम्पूरक कोषका लागि ३ लाख, कृषिमा ३ लाख ५७ हजार, अन्य पूर्वाधार विकासका लागि १६ लाख ८० हजार, क्षमता विकास तथा वातावरण पूँजीगत अन्य खर्चका लागि ६ लाख ८१ हजार र प्रशासनिक खर्चका लागि १६ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
गाविस सचिव बरालकै अध्यक्षतामा सम्पन्न कार्यव्रmममा एनेकपा माओवादीका जिल्ला कमिटी सदस्य नरेन्द्र मेचे, नेकपा एमालेका गाउँ कमिटीका अध्यक्ष रुद्र डाँगी, बासबारी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद शिवाकोटी र शान्ति समितिका गाविस संयोजक मालती विष्टलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यव्रmमको सञ्चालन गाविसकी सामाजिक परिचालिका विनिता भट्टराईले गरेकी थिइन् भने स्वागत टीका लाल मेचेले गरेका थिए ।