धाइजनमोडमा खुल्यो भिजन मेडिको

  प्रकाशित मिति
३० फाल्गुन २०७६, शुक्रबार २०:०४


धाइजन । बिरामीलाई आफ्नै ठाउँँमा स्वास्थ्य सेवा दिनेगरी मेचीनगर–१४, धाइजन मोडमा भिजन मेडिको शुक्रवारदेखि सञ्चालनमा आएको छ ।

लामो समयदेखि फार्मेसीमा काम गर्दै आएका अनुभवी मेचीनगरका रोशन अर्यालले उक्त मेडिको सञ्चालनमा ल्याएका हुन् । मेडिकोका प्रोप्राइटर अर्यालले फार्मेसीमा डिप्लोमा कक्षा पूरा गरिसकेका छन् ।

उनले यसअघि विर्ता सिटी, कञ्चनजङ्गा, कनकाई अस्पतालमा काम गरिसकेका छन् । मेडिको सञ्चालक रोशन नेकपा मेचीनगर अध्यक्ष माधव अर्यालका छोरा हुन् ।

शुक्रवार फेमेली फिजिसियन डा. पोषणरमण त्रिपाठीले बिरामी जाँचेर सेवा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा मेचीनगर वडा नं १४ वडा अध्यक्ष शङ्कर पोखरेल, ११ का वडाध्यक्ष सन्तोष मेचेलगायत राजनीति दलका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: