धाइजनवासीको एउटै स्वर

  प्रकाशित मिति
९ पुष २०७३, शनिबार २०:०९


bnc-dhaijan-3धाइजन । सरकारले वी एन्ड सी हस्पिटललाई मेडिकल कलेजको रुपमा सम्बन्धन प्रदान गर्न ढिलाई गरेकोमा कलेजको भौतिक पूर्वाधार निर्माण भइरहेको क्षेत्र धाइजनका बासिन्दाले तीब्र असन्तुष्टि जनाएका छन् ।

वी एन्ड सी हस्पिटल र सरोकारवालाहरूविच विहीवार धाइजन–४ मा आयोजित खुला अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश स्थानीयवासीले मेडिकल कलेज मेची अञ्चलवासीको आवश्यकता भएको उल्लेख गर्दै सम्बन्धन दिलाउन जस्तोसुकै आन्दोलनमा होमिन समेत आफुहरू तयार रहेको बताए ।

‘डा. गोविन्द केसीसँग सरकारले १२ बुँदे सम्झौता गरेकाले वी एन्ड सीले सम्बन्धन पाउन नसकेको सुनिएको छ’, स्थानीय मेचे समुदायका अगुवा एवम् नेकपा माओबादी केन्द्रका धाइजन इञ्चार्ज नरेन्द्र मेचेले कार्यक्रममा भने–‘प्रधानमन्त्री bnc-dhaijan-2पुष्पकमल दाहालले केसीसँग त्यस्तो विकास विरोधी सम्झौता गर्नु हुँदैनथ्यो ।’

स्थानीय अल्पसङ्ख्यक मेचे समुदायको बसोबास रहेको क्षेत्रमा मेडिकल कलेज स्थापना गरेकोमा वी एन्ड सी हस्पिटल व्यवस्थापनलाई धन्यवाद व्यक्त गर्र्दै समुदायका अगुवा उनले मेचे समुदायको हितका लागि ठोस कार्य गर्न सुझाव दिएका छन् ।

सङ्घीय लिम्बुवान राज्य परिषदका नेता अमित खम्बु राईले मुलुकको १९ औँ मेडिकल कलेजको रुपमा वी एन्ड सीले सम्बन्धन पाउन लागेकोमा सम्पूर्ण धाइजनवासी खुशी रहेको बताउँदै सरकारलाई कुनै व्यक्तिको माग पूरा गर्ने नाममा विकासमा बाधा नहाल्न सुझाव दिए ।
‘वी एन्ड सी हामी धाइजनवासीको गहना हो, चाहना हो, यसका लागि जस्तोसुकै bnc-dhaijan-1सङ्घर्षमा होमिन तयार छौँ’–उनले भने ।

वी एन्ड सी कलेजको सभा हलमा भएको अन्तरक्रिया कार्यक्रममा हस्पिटलका अध्यक्ष इन्दिरा गिरी, कार्यकारी निर्देशक दुर्गा प्रसाई, प्रिन्सिपल डा.उमेश शर्मा, सञ्चालक एवम् प्रवक्ता प्रेम नेम्वाङ, प्रबन्ध निर्देशक डा. निराजन प्रसाइँ, जनसम्पर्क प्रमुख प्रोमिस गिरी, स्वास्थ्य शिक्षा रोजगार नागरिक सरोकार समितिका अध्यक्ष एवम् सामाजिक कार्यकर्ता चैतन्यप्रकाश मैनाली, धाइजन गाविसका सचिव सुदर्शन बराल लगायतका विशिष्ट अतिथिको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा सहभागी धाइजन नागरिक वडा मञ्चकी लीला सुब्बा राजबंशीले वी एन्ड सी धाइजनमा आउनु आफ्ना लागि सौभाग्य भएको धारणा व्यक्त गर्दै राजनीतिक खिचातानीले सम्बन्धनमा ढिलाई भएकोमा आपत्ति प्कट गरिन् । उनले वी एन्ड सी हस्पिटलको स्वास्थ्य उपचार महङ्गो भएको भन्दै गुनासो पनि पोखिन् ।

पूर्व शिक्षक तथा धाइजनका वौद्धिक व्यक्तित्व भक्तिप्रसाद शिवाकोटीले सरकार र केही विकास विरोधीले वाधा हाले भन्दैमा हस्पिटल व्यवस्थापनलाई हरेश नखान सल्लाह दिदै धाइजनवासीले आफ्नो आँगनमा आएको विकासलाई जोगाउन जुनसुकै मूल्य चुकाउन तयार हुने विश्वास दिलाए ।

वी एन्ड सीलाई सम्बन्धन दिन हुँदैन भन्ने डा. गोविन्द केसीका कुरा ठिक कि बेठिक भनेर सरकारले छुट्याउन नसकेको आरोप लगाउँदै स्थानीय अर्जुन विस्टले एक जनाको विरोधले सिङ्गो मेची अञ्चलवासीको विकासमा अवरोध पुर्याउनु अक्षम्य अपराध हुने बताए ।

शिक्षासेवी भोजराज कार्की, स्थानीय बासिन्दा पोक्ची मेचे लगायतले बोल्दै वी एन्ड सी मेडिकल कलेज चाँडै सञ्चालन गराउन स्थानीयवासीले दवाव सिर्जना गर्नु पर्ने बताए । उनीहरूले दवावका लागि स्थानीयवासी तयार रहेको समेत उद्घोष गरेका थिए ।

सो अवसरमा सञ्चालकहरूको तर्फबाट वी एन्ड सीका प्रिन्सिपल डा. उमेश शर्मा, प्रवक्ता प्रेम नेम्वाङ, नागरिक समाजका तर्फबाट चैतन्यप्रकाश मैनाली, नेकपा एमालेका तर्फबाट जिल्ला सदस्य टिका मग्राती र रोहित ढकाल, नेपाली काङ्ग्रेसका तर्फबाट धाइजन सभापति लक्ष्मी प्रसार्इँ, राप्रपाका तर्फबाट धाइजन अध्यक्ष शिवकुमार सम्वाहाम्फे र मेचे शिवियारी अफातका तर्फबाट अध्यक्ष रुपेश मेचेले मन्तब्य व्यक्त गरेका थिए ।

स्थानीयका तर्फबाट भूपेन्द्र न्यौपानेले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा धाइजन, शनिअर्जुन र बुधवारेका स्थानीय राजनीतिक दलका अगुवा, सामाजिक कार्यकर्ता, बुद्धिजीवी र युवा जमातको उल्लेखनीय उपस्थिति रहेको थियो ।

हस्पिटलका तर्फबाट बोल्ने वक्ताहरूले मेडिकल कलेज सञ्चालनमा आएपछि स्थानीयवासी र समुदायका लागि शिक्षा, रोजगार र सुविधामा विशेष अवसर प्रदान गरिने प्रतिबद्धता जनाएका थिए ।

हाल हस्पिटलले सरकारबाट सम्बन्धन पाउनका लागि कानूनी लडाइ लडिरहेको उल्लेख गर्दै नागरिक समाजका अगुवा चैतन्यप्रकाश मैनालीले सर्वोच्च अदालतले डा. गोविन्द केसीसँग गरेको १२ बुँदे सम्झौतालाई लिएर सरकारलाई कारण देखाउ आदेश जारी गरिसकेको बताएका थिए ।

उनले डा. गोविन्द केसीसँगै खुला मञ्चमा अनसन बस्न चाहेको बताउँदै केसी विदेशी मेडिकल कलेजहरूको एजेन्ट बनेको आरोप लगाए ।
(लोकतन्त्र पोस्टमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: