धानको बीउ चाहियो, मेची कृषकमा जानु

  प्रकाशित मिति
१८ बैशाख २०७७, बिहीबार १८:५०


मेचीनगर, १८ वैशाख । मेचीनगरको मेची कृषक बहुमुखी सहकारीले धानको बीउ बेच्न सुरु गरेको छ ।

आफुसँग ४ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको धानको बीउ स्टकमा रहेको जनाउँदै सहकारीले मेचीनगर–७ इटाभट्टामा रहेको केन्द्रीय कार्यालय र पोस्ट हार्वेस्ट सेवा केन्द्रमार्फत बीउ विक्री सुरु गरेको हो ।

झापामा विगत एक दशकदेखि धानलगायत विभिन्न कृषि बालीको बीउबिजन उत्पादनमा ख्याति आर्जन गर्दै आएको मेची कृषिकसँग हाल दश प्रकारको ४५० मेट्रिक टन धानको बीउ स्टकमा भएको व्यवस्थापक दिपक काफ्लेले जानकारी दिएका छन् ।

कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन बढाउँदै लगे तापनि तराईमा धान खेतीका लागि ब्याड राख्ने सिजन सुरु भइसकेको छ । यतिबेला किसानहरु धानको बीउका लागि भौतारिन थालिसकेका छन् ।

मेची कृषकले राधा–१२ (प्रति केजी रु. ५८), रञ्जित (प्रति केजी रु. ६५), मन्सुली (प्रति केजी रु. ६५), सुख्खा–३ (प्रति केजी रु. ६०), हर्दिनाथ–१ (प्रति केजी रु. ६०), साम्बा (प्रति केजी रु. ६०), शर्णा सबवान (प्रति केजी रु. ६०), नुनिया (प्रति केजी रु. १००), रातो बासमती (प्रति केजी रु. १००) र राम धान (प्रति केजी रु. ६३)को बीउको विक्री सुरु गरेको हो । यो बीउ झापा, मोरङ र सुनसरीमा पुग्ने गरेको छ ।

सहकारी आफैले उत्पादन गरेको धानको बीउलाई नेपाल सरकारको राष्ट्रिय बीउबिजन गुणस्तर नियन्त्रण कार्यालय काठमाडौंले तराईका लागि सिफारिस गरेको व्यवस्थापक काफ्लेले बताए ।

उनले लकडाउन भए तापनि धानको बीउ ओसारपसारमा कहिकतैबाट अवरोध उत्पन्न नगराउन आग्रह गरेका छन् । धानको विक्री वैशाख १५ देखि सुरु भएको हो । सहकारीसँग सबैभन्दा धेरै धान रञ्जित (२५० मेट्रिक टन) र सबैभन्दा कम नुनिया (५०० केजी) स्टक भएको बताइएको छ ।

किसानहरुले हार्वेस्ट सेवा केन्द्रमा आफै आएर खुद्रा मूल्यमा धानको बीउ खरिद गर्नसक्ने व्यवस्था मिलाइएको सहकारीले जनाएको छ । झापाका स्थानीय सहकारी संस्था र एग्रोभेट पसलहरुले मेची कृषकबाट थोक मूल्यमा बीउ किनेर किसानलाई खुद्रामा उपलब्ध गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: