कृषि ज्ञान केन्द्रद्वारा धानबालीमा पुर्याएको क्षतिको अनुगमन

  प्रकाशित मिति
४ कार्तिक २०७८, बिहीबार १४:०५


झापा, ४ कात्तिक । बेमौसमी बर्षाका कारण जिल्लामा धानखेतीमा क्षति भएको किसानको गुनासो आएपछि कृषि ज्ञान केन्द्र झापाले अनुगमन सुरु गरेको छ ।

केन्द्रले जिल्लाका १५ वटै पालिकाका विभिन्न स्थानमा किसानको गुनासोसँगै अनुगमन सुरु गरेको हो । अनुगमनका क्रममा पाक्नै लागेको कतिपय स्थानमा धान ढलेको पाइएको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले बताए ।

उनका अनुसार सबैभन्दा बढी किसानले काटेको धानमा क्षति पुगे पनि ढलेको धान उठाउन सकिने जानकारी दिए । अनुगमनका क्रममा उनले किसानहरुलाई सबैभन्दा पहिले खेतमा जमेको पानी निकाल्न, भिजेको धानलाई सुख्खा स्थानमा सार्न, सामान्य तापक्रममा राखेको धानलाई चलाइरहन र मौसम सफा नभहुँदासम्म धान नकाट्न आग्रह गरेका छन् ।

केन्द्रले १५ वटै पालिकाका कृषि शाखालाई समेत पत्राचार गरेर धान लगायत विभिन्न बालीमा पुर्याएको क्षतिको लगत संकलन गर्न आग्रह गरेको छ । उनले सबै तथ्याङ्क संकलन नभएसम्म जिल्लामा धानबालीमा भएको क्षति यकिन यति नै हो भन्न सकिने स्थिति नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: