धामीझाक्रीलाई तालिम

  प्रकाशित मिति
३१ भाद्र २०७४, शनिबार १०:४२


eye

विर्तामोड । मेची आँखा अस्पताल विर्तामोडले अन्धोपन निवारण तथा भिजन २०२० को उद्देश्य साकार पार्न जिल्ला भरिका धामीझाक्रीलाई आँखा स्वास्थ्य शिक्षा तालिम प्रदान गरेको छ ।

धामीझाक्रीहरुले आँखाका विरामीलाई झारफुक गर्दा कयौंको आँखाको दृष्टि गुम्ने हुँदा सजकता अपनाउन तालिमको आयोजना गरेको संस्थाका प्रमुख सुरज रौनियारले बताए ।

जिल्लाभरबाट ५१ जना धामी झाक्रीको उपस्थिति रहेको कार्यक्रममा प्रमुख रौनियारले आँखाका विरामी धामीझाक्रीकोमा आए आँखा अस्पतालमा रिपर गर्ने समेत अनुरोध गरेका थिए ।

तालिम अवधिमा मुख्यत आँखाको बनावट, कार्य, लाग्ने सामान्य रोग, आपतकालिन अवस्था तथा रिफरल नेटवर्कको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा अस्पतालको डेप्युटी मेडिकल डाइरेक्टर डा. प्रभा सुवेदी बस्नेत, अस्पताल प्रशासक सुरज रौनियार र नेत्र अधिकृत मेमलाल राजवंशीले मन्तव्य व्यक्त गरेका थिए । तालिमको सहजीकरण युवराज बोहोराले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: