धारागोला भ्यूटावर फुटबल प्रतियागिता हुँदै

  प्रकाशित मिति
१ आश्विन २०७५, सोमबार १९:०९


शान्तिनगर । झापाको बुद्धशान्तिमा असोज ३ गतेदेखि २० गतेसम्म प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।

बुद्धशान्ति ७ मा अवस्थित पर्यटकिय स्थल धारागोलामा रहेको खेल मैदानलाई व्यवस्थित सहित स्थानिय खेलाडिलाई प्रोत्साहित र भबिश्यमा झापाकै नमुना खेल मैदान बनाउने उदेश्यले प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

असोज ३ गते बुधबार दिउँसो ३ बजेबाट शुरु हुने प्रतियोगितामा झापा र इलामकका १६ वटा क्लबले सहभागिता जनाएको आयोजक समितिका अध्यक्ष धनमान लिम्बुले जानकारी दिए । प्रतियोगिताले खेल मैदानका साथै समस्त पर्यटकिय स्थल धारागोलाकै विकास र प्रवर्धनका लागि थप सहयोग पुर्याउने अध्यक्ष लिम्बूले भनाई रहेको छ ।

प्रतियोगिताका उपाधि विजेताले नगद ३० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेताले नगद २० हजार रुपैयाँ, शिल्ड, मेडल सहित प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका उपाध्यक्ष कोरियन तामाङ्गले जानकारी दिए ।

प्रतियोगिताको प्रथम पुरस्कार मुनामदन एकाडेमी बुद्धशान्ति ४ का प्रिन्सिपल चेतन ढुङ्गेलले र द्धित्तिय पुरस्कार बुद्धशान्ति ७ को नमुना सामुदायिक वन उपभोक्ता समितिले सौजन्य गरेका छन् । प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले गर्नेे समितिका सदस्य वाङ्गचु लेप्चा सुमनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: