धार्मिक पर्यटन क्षेत्र बनाउन स्थानीय जुटे

  प्रकाशित मिति
१८ जेष्ठ २०७३, मंगलवार ०५:४३


Phalgunanda

खुदुनाबारी । खुदुनाबारी–९ स्थित शान्ति वनवाटीका क्षेत्रमा रहेको मठमन्दिरको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने कार्यमा स्थानीयबासीको अग्रसरता बढेको छ ।

सोही क्षेत्रमा किरात धर्मलम्बीहरुको फाल्गुन्द महङहिम, बृद्ध धर्मलम्बीहरुको डकनर्वो छोलिङ गुम्बा, किरात सनातन धर्मालम्बीहरुको  सुम्नीमा पारुहाङ माङहिम, मानव धर्म सेवा मन्दिर, सर्वेश्वर मन्दिर, मनोक्रान्ती योग, ज्येष्ठ नागरिक आराम कक्षको व्यवस्थापनमा नजिकको तीर्थको रुपमा विकास गर्ने उदेश्यले स्थानीयबासीले अग्रसरता बढाएका हुन् ।

फाल्गुन्द शान्ति वन वाटिकाको स्तर विकास गर्ने सोचले सबै धर्मलमबीहरुको मन्दिर तथा गुब्बाका लागि स्थानीय जुटेको फाल्गुनन्द व्यवस्थापन समितिका सचिव नरेन्द्र इङनामले बताए ।

अहिले खुदुनाबारी गाविस २१ हजार सहयोग र स्थानीयबासीको जनश्रमदानद्धारा धार्मिक स्थल प्रवेश गेट निर्माण भइरहेको छ ।
खुदुनाबारीको कौदले किनारमा ४ बिगा क्षेत्रफलमा डाँडो आकारको केही भिरालो जमिन फाल्गुन्द शान्ति वन वाटिका पूर्व क्षेत्रमा मनोरम पोखरी समेत रहेको छ । जुकेखाडी सामुदायिक वन र खुदुनाबारी गाविसले समेत पर्यटन एवम् धार्मिक क्षेत्र गन्तव्यको रुपमा विकास गर्न थालेसँगै स्थानीयबासीको संक्रियता बढेको हो ।

शान्ति वन वाटिका क्षेत्रमा कार्तिक २३ देखि २५ सम्म महागुरु फाल्गुन्द जन्मोत्सव, सांस्कृतिक मानव एकता दिवस, महागुरु अमर वाणी, प्रवचन योगदान समेत हँुदै आएको छ भने हरेक महिनाको पहिलो आइतबार नियमित सेवा कार्यव्रm्रम ँहुदै आएको छ ।
धार्मिक एवम् सांस्कृतिक क्षेत्रको रुपमा विकास गर्ने सोचले धार्मिक पर्यटकीय स्थल विकास र निर्माण, फाल्गुन्द पृष्प वाटिका, सांस्कृतिक अध्ययन केन्द्र, महागुरुको विश्वको ठूलो सालिक बनाउने लक्ष्य रहेको सचिव इङनाम बताउँछन् ।

प्राकृतिक रमणीयता सँगै अहिलेको शान्ति वन वाटिकाको स्तर विकास गर्ने जरुरी रहेको छ । यस क्षेत्रको भौतिक पूर्वधारको निम्ति पुजारी बस्ने आवास, मन्दिर सुधार मर्मत, घेराबरा,खानेपानी ट्याङकी व्यवस्थापन, अथिति गृह, शौचालय व्यवस्थापनको कार्यमा समेत सरोकारावाला पक्षहरुले ध्यान दिनु जरुरी छ ।

यता खुदुनाबारी चोकमा फाल्गुन्द शालिकको निर्माण कार्य भइइरहेको छ । नागरिक पर्यटन मन्त्रालय अन्तर्ग सांस्कृतिक प्रवर्धन गर्ने शिर्षकको २ लाख ६४ हजार बजेट विनियोजन भएर निर्माण कार्य अगाडि बढेको हो । शालिक भने साढे पाँच फिट उचाईको रहने र जेठ २५ गतेभित्रमा सम्पन्न हुने इङनामले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: