धावक कार्की ललितपुरदेखि जनकपुरसम्म दौड्दै

  प्रकाशित मिति
४ आश्विन २०७९, मंगलवार १३:०२


काठमाडौं, ४ असोज । धावक रामसुन्दर कार्की ललितपुरकाे गोदावरी नगरपालिकादेखि जनकपुर रामजानकी मन्दिरसम्म दौडने भएका छन् । १० मंसिरमा कार्कीले दौड यात्रा गोदावरी नगरपालिका–१ कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट सुरु गर्नेछन् । १२ मंसिरमा जनकपुर पुग्नेछन् ।

विगतमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यसाथ विभिन्न स्थानमा दौडिसकेका कार्की यसपटक आफैले निर्माण गरेको हनुमान मन्दिरमा गद्दा निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले दौड्न लागेको कार्कीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: