धुलाबारीमा कोसेली घर

  प्रकाशित मिति
२० जेष्ठ २०७५, आईतवार १०:२९


धुलाबारी । तारापुञ्ज छोरीबुहारी सशक्तीकरण संस्थाले गरेको सात दिने महिला कानुनी साक्षरता तथा महिला उद्यमी प्रोत्साहन कार्यक्रमको समापनमा कोसेली घर उद्घाटन गरिएको छ ।

मेचीनगर प्रमुख विमल आचार्यले धुलाबारीस्थित कृषि विकास बैङ्कको तल्लो तलामा रहेको कोसेली घरको शनिवार विधिवत रुपमा उद्घाटन गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका आचार्यले कोसेली घरको अवधारणा राम्रो भएपनि मेचीनगरका सम्पूर्ण महिलाहरुको सहयोग विना स्थायित्व नहुने हुँदा संस्थामा सबै उद्यमीहरुलाई समेट्न आग्रह गरेका थिए ।

उनले महिलाहरुको उद्यमशीलतालाई दीगो रुपमा स्थापित गर्नका लागि आउँदो बजेटमै कोसेली घर स्थापनाको लागि नगरपालिकाले समेत प्राथमिकतामा राख्ने बताए । उनले कोसेली घरमा राखिएका स्थानीय उत्पादनको बजारीकरणका लागि समेत नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कोसेली घर वर्तमानको आवश्यकता रहेको हुँदा सबैले आ–आफ्नो क्षेत्रबाट संस्थालाई सहयोग गर्ने वचन दिएका थिए ।

मेचीनगर नगरपालिका र वडा नम्बर ९ को आर्थिक सहयोगमा आयोजित कार्यक्रममा वडा नं ९ कै वडाध्यक्ष गोपाल खड्का, वडा नं. १० का अध्यक्ष सुदय पनेरु, धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष इन्द्रकुमार बुढाथोकी, सञ्जवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, नारी कल्याणकारी संस्थाकी अध्यक्ष जानुका ओली, रिद्धिसिद्धिकी महिला संस्थाकी अध्यक्ष रुपा खतिवडा, थोप्लेविरान कृषि सहकारी संस्थाकी अध्यक्ष मञ्जु कट्टेल, एकल महिला सशक्तीकरण मञ्चकी अध्यक्ष मीरा पोखरेल, वडा सदस्य लक्ष्मी परियारलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाकी अध्यक्ष सीता पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन हिमा कट्टेलले गरेकी थिइन् भने स्वागत मन्तव्य सावित्रा आचार्यले व्यक्त गरेकी थिइन् ।

संस्थाले विगत लामो समयदेखि महिलाहरुलाई उद्यमशीलता सम्बन्धी तालिम प्रदान गदैै आएको हुँदा उनीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले अग्र्यानिक कोसेली घरको स्थापना गरेको अध्यक्ष पोखरेलले बताइन् । उनले घरमै बसेर महिलाहरुले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्न संस्था लागि पर्ने बताइन् ।

कार्यक्रममा तालिमको अवधिमा महिलाहरु आफैँले बनाएका मस्यौरा अतिथिहरुलाई समेत प्रदान गरेका थिए भने खाजाको रुपमा सातु खुवाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: