धुलाबारीमा तिन दिने बाल उत्सव हुने

  प्रकाशित मिति
१७ माघ २०७३, सोमबार १६:१७


16265821_1864927547055283_700834623018323067_n

धुलाबारी । राजनीति पेशा होइन, समाज सेवा हो भन्ने आम बुझाईलाई आत्मसाथ गर्दै यतिखेर राजनीतिक दलहरुले समाजमा रचनात्मक तथा नौलो काम गरेर देखाउन थालेका छन् । जनतालाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गरी राजनीतिक दलहरुले आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् ।
भर्खरै नेपाली काङ्ग्रेसले मेचीनगरका मुलुकमै पहिलो पटक स्वास्थ्य महोत्सव गरी जनतालाई निस्वार्थ रुपमा सेवा प्रदान गरेको छ । लगत्तै नेकपा एमालेले पनि मेचीनगरमै फरक खालको कार्यव्रmम गर्ने योजना अघि सारेको छ । त्यो हो बाल उत्सव ।

एमालेले मेचीनगरको धुलाबारीमा बाल उत्सव आयोजना गर्ने तयारी थालेको हो । तीन दिने सो उत्सव धुलाबारीको कोलेनीमा फागुन ९, १०, ११ गते आयोजना गरिने भएको हो ।

‘शिक्षा र स्वास्थ्य बालअधिकार, आजका बालबालिका भविष्यका आधार’ भन्ने नाराका साथ बाल उत्सव गर्न लागिएको आइतवार धुलाबारीमा आयोजित पत्रकार सम्मेलमा जानकारी दिइयो ।
बाल उत्सव मूल आयोजक समितिका संयोजक विष्णु प्रसाईंले बालबालिकालाई नयाँ उचाइका साथ सिकाइको नयाँ चरणमा प्रवेश गराउन उत्सव आयोजन गरिएको बताए । उनले बालबालिकालाई अध्ययनमा अभिरुचि बढाउन उत्सवको मुख्य उद्देश्य रहेको बताए ।

‘समृद्ध नेपाल निर्माणका लागि सक्षम र योग्य नागरिक पहिलो सर्त हो’, उनले भने– ‘उत्सवले पहँुच बाहिर रहेका बालबालिकालाई एउटै थलोमा राखेर शिक्षा दिन लागेका हौँ ।’ उत्सव अवधिभर राजनीति शिक्षासँग सम्बन्धित बिषयमा पनि गहन छलफल र अन्तरव्रिmया हुनेछ ।

पठन संस्कृति र हाम्रो अभ्यास, अभिभावक शिक्षा र विद्यालय, बालमैत्री शासन व्यवस्था, नेपालको संविधान र बालअधिकार तथा वैदेशिक रोजगार बाल मनोविज्ञानका विषयमा गम्भीर बहस हुने आयोजक समितिका सचिव चेतन बिष्टले बताए । ती विषयमा विज्ञ तथा विशेष व्यक्तिहरुले आ–आफ्नो प्रस्तुति दिने छन् ।

त्यस्तै बाल महोत्सवमा विज्ञान प्रदर्शनी, पुस्तक प्रदर्शनी तारामण्डल प्रदर्शनी तथा नृत्य, सामान्य ज्ञान, चित्रकला, कविता प्रतियोगितालगायत मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । तारा मण्डल प्रदर्शनीमा २ हजार विद्यार्थीलाई निःशुक अवलोकन गराइने आयोजकले लक्ष्य राखेको छ । त्यस्तै साना नानीहरुका लागि बाल उद्यान तथा खेल सामाग्री सञ्चालन गरिने छ । यसैगरी उत्सवमा २० जना विभिन्न क्षेत्रका अगुवाहरुले आफ्नो बाल्यकालका बारेका साक्षात्कार गराउने छन् भने शिक्षाविदहरुले रोमाञ्चक अनुभव साटासाट गर्नेछन् ।

करिब १२ लाख रुपैयाँ खर्च अनुमान गरिएको उत्सव सम्पन्न गर्न सबै पक्षबाट सहयोग सङ्कलन गर्ने आयोजक समितिले योजना बनाएको छ ।

पत्रकार भेटघाट कार्यव्रmममा सांसद रविन कोइरालाले बालबालिकाको सर्वाङ्गीण विकास गर्ने हेतुले बृहत बाल महोत्सवको परिकल्पना गरिएको बताए । उनले राजनीतिक दलहरुले आफ्नो भूमिका पृथक रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । ‘यो नौलो र रचनात्मक कार्यक्रम हो’, उनले भने– ‘यस क्षेत्रमा रहेका विद्यालय कार्यक्रमको मुख्य लक्षित क्षेत्र हुन्, यसलाई सफल बनाउन सबैको सहयोग जरुरी छ ।’

उनले बालबालिकाभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्न उत्सवले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । नेता कोइरालाले यो ऐतिहासिक अवसरलाई भरपुर उपयोग गरी समृद्ध मुलुक निर्माणको अभियानमा सहकार्य गर्न आग्रह समेत गरेका छन्

हजारौँ बालबालिका सहभागी हुने बाल उत्सवको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यव्रmम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: