धुलाबारीमा विद्यार्थीहरुबीच ‘टिकटक प्रतियोगिता’

  प्रकाशित मिति
२३ श्रावण २०७९, सोमबार २०:५०


मेचीनगर, २३ साउन । नेपाल विद्यार्थी संघ मेचीनगरले धुलावारीमा एसईई पास गरेका विद्यार्थीहरुबीच ‘टिकटक प्रतियोगिता’ गराएको छ ।
नेविसंघले धुलाबारी स्थित पासङ ल्हामू स्मृति प्रतिष्ठानमा आयोजित ‘टिकटक प्रतियोगिता’ को नतिजा आगामी साउन २७ गते घोषणा गरिने आयोजकले जनाएको छ ।

एसईई ग्रेड वृद्धिमा सहभागी बन्ने विद्यार्थीहरुका लागि निःशुल्क अतिरिक्त कक्षा सञ्चालन समेत गरिने कांग्रेसका क्षेत्रीय सदस्य रुपसागर अधिकारीले बताए ।

झापा क्षेत्र नम्बर १ बाट एसईई पास गरेका विद्यार्थीहरुलाई आयोजकले सम्मान समेत गरेको थियो । ‘टिकटक प्रतियोगिता’ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यार्थी तथा कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिएका थिए ।

एन्फाका अध्यक्ष नेम्बाङ सम्मानित

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्बाङलाई सम्मान गरिएको थियो ।
नेविसंघ मेचीनगरका सभापति रोशन खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन साक्षी ओझा र प्रनित पुडासैनीले संयुक्तरुपमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: