धुलाबारीमा हेल्प डेक्स

  प्रकाशित मिति
२५ फाल्गुन २०७६, आईतवार २०:००


मेचीनगर । कोरोना भाइरसविरद्ध जनचेतना जगाउने उद्देश्यले मेचीनगरको धुलाबारीमा हेल्प डेक्स सञ्चालन गरिएको छ ।

धुलाबारी मोडमा सञ्चालन गरिएको हेल्प डेक्समा कोराना भाइरस के हो, यसबाट बच्न के गर्नुपर्छ भनेर चेतनामूलक गीत तथा सचेतना प्रदान गरिन्छ ।

कोरोना भाइरसबाट बच्न चेतना जगाउनु नै पहिलो विकल्प रहेकाले हेल्प डेक्स सञ्चालन गरिएको मेचीनगर वडा नं १० की वडा सदस्य मीरा पालुङ्वाले बताइन् ।

मेचीनगर वडा नं ९ र १० तथा इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त आयोजनामा हेल्प डेक्स सञ्चालन गरिएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नेपालमा अहिलेसम्म भित्रिएको छैन । चीनबाट फैलिएको कोरोनाको सङ्क्रमण नियन्त्रणमा आउन नसक्दा विश्वभर चिन्ता थपिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसका बिरामीहरु निको भएर घर फर्किने क्रम बढिरहेको जनाइएको छ । कोरोनालाई ‘हाउगुजी’ बनाउँदा आमजनतामा चिन्ता भने थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: