धुलाबारीलाई ‘नमूना स्कुल’ बनाउन छलफल

  प्रकाशित मिति
१३ फाल्गुन २०७४, आईतवार ११:३१


धुलाबारी । मेचीनगरकै उत्कृष्ट शैक्षिक गन्तव्य धुलाबारी माविलाई मुलुकै नमूना विद्यालय बनाउनका लागि सरोकारवाला सँग घनिभूत छलफल गरिएको छ ।

सरकारले धुलाबारी माविलाई नमूना उन्मुख विद्यालयमा राखेपछि स्थानीय तह र सङ्घसंस्थाका प्रतिनिधि तथा प्रभुद्ध व्यक्तिहरुलाई भेला गराएर उनीहरुबाट सुझाव लिएको हो ।

विद्यालयमा शनिबार आयोजित सुझाव सङ्कलन तथा अन्तरव्रिmया कार्यव्रmममा सरोकारवाला प्रतिनिधिले विद्यालयको सम्वृद्धिका लागि साझा दृष्टिकोण बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले धुलाबारी माविको शैक्षिक गुणस्तर अझ बढाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने बचन दिएका छन् ।

कार्यव्रmममा मेचीनगरका मेयर विमल आचार्यले भौतिक संरचना निर्माणका लागि जग्गा अभाव हुन नदिन पहल गर्ने बताए । मेची क्याम्पसका प्राध्यापक भीम सुब्बाले अब बन्ने विद्यालयका संरचनाहरु अपाङ्गमैत्री हुनुपर्ने सुझाव दिए । उनले खान नपाउने बालबालिकाले खान पाउनुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशविव्रmम नेम्वाङको अध्यक्षतामा भएको अन्तरकृयामा पूर्व शिक्षक यामप्रसाद भण्डारी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य यज्ञराज प्रसाई, कविशिरोमणि माविका अध्यक्ष चन्द्रमणि पौडेल, आदर्श माविका प्रधानाध्यापक हेम खड्का, धुलाबारी क्याम्पसका प्रमुख पुष्पराज पौडेल, प्राध्यापक भीम सुब्बा, राम कट्टेललगायतले सुझाव राखेका थिए । स्रोतव्यक्ति लोकबहादुर दाहालले नमूना स्कुलका विषयमा जानकारी गराएका थिए ।

विद्यालयका सह प्रधानाध्यापक तेजप्रसाद चौलागाईले स्वागत गरेको कार्यव्रmममा प्रधानाध्यापक महेन्द्रविलास लुइटेलले अन्तरकृया आयोजना गर्नुको विषयमा प्रकाश पारेका थिए ।

शिक्षकद्वय रमेश दाहाल र मिलनकुमार ढुङ्गानाले कार्यव्रmम सञ्चालन गरेका थिए ।

सोही कार्यव्रmमका बीच धुलाबारी माविको वेभसाइट सार्वजनिक गरिएको छ । विद्यालयका सम्पूर्ण गतिविधि बुझ्न र थाहा पाउन सजिलो होस् भन्ने उद्देश्यले विद्यालयले वेभसाइट सञ्चालन गरेको शिक्षक मिलनकुमार ढुङ्गानाले जानकारी दिए ।

त्यस्तै, विद्यालयको अक्षयकोषका लागि दुईजनाले रकम जम्मा गरेका छन् । विद्यालयका पूर्व शिक्षक टङ्क खनाल र मेचीनगर वडा सदस्य मीना गजमेरले जनही १० हजार रुपैयाँ अक्षयकोषमा सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: