मेचीनगर । धुलाबारी खानेपानी उपभोक्ता समितिले आफ्ना कर्मचारीको सुरक्षाको लागि ‘कोरोना इन्स्योरेन्स’ गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको समितिको बैठकले ५० हजार रुपैयाँसम्मको कर्मचारीको बिमा गर्ने निर्णय गरेको हो ।
खानेपानी अत्यावश्यक क्षेत्र भएकोले कर्मचारीहरुको मनोबल उच्च बनाउन संस्थाले आफ्नै खर्चमा उक्त बिमाको ब्यवस्था गरिएको धुलाबारी खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष चेतन बिष्टले जानकारी दिए ।
खानेपानीका उपभोक्ताका लागि लकडाउन अवधिभरि मासिक महशुलको जरिवना मात्र छुट गरिएको उनले बताए ।
धुलाबारी खानेपानीका २३ जना कर्मचारी सबैको हकमा उक्त सुविधा लागू हुने ब्यवस्था मिलाइएको छ ।
उक्त बिमा बापत १ बर्ष भित्रमा कुनै पनि कर्मचारी कोरोना संक्रमित भएमा बीमा कम्पनीले नगद ५० हजार रुपैयाँसम्मको बिमा रकम दिइने संस्थाका अध्यक्ष अजय घिमिरेले बताए ।