धुलाबारी खानेपानीको जरुरी सूचना

  प्रकाशित मिति
९ चैत्र २०७६, आईतवार २१:११


बिश्वभर महामारीको रुपमा फैलिँदै गरेको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न धुलाबारी खानेपानी उपभोक्ता समितिले निम्नानुसारका निर्णयहरु गरियो ः
१. खानेपानी क्षेत्र संवेदनशिल र अत्यावश्यकीय क्षेत्र भएकाले आम उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर पानी बितरण कार्यलाई नियमित गरिने छ । उक्त कार्यका लागि सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोबल तथा पूर्ण सुरक्षाका साथमा आ–आफ्नो कार्य सम्पादनलाई निरन्तरता दिन निर्देशन गर्ने ।
२. कार्यालयमा प्रवेश गर्नुअघि परिसरमा राखिएको साबुन पानीले राम्ररी हातधुन र सेनिटाईजरको प्रयोग गर्नुहुनका लागि सबैमा सूचित गर्नुका साथै यसको सम्भावित जोखिम कम गर्नका लागि सबैभन्दा सजिलो उपायाँ साबुन पानीले मिचिमिचि राम्ररी हातधुने, अत्यावश्यक कामहरु बाहेक घरबाहिर ननिस्किन र ठुलो समुहमा नबस्न सबै उपभोक्ता महानुभावहरुलाई आग्रह गर्ने ।
३. वर्तमान प्रतिकुल परीस्थिति र जनस्वास्थ्यलाई ध्यानमा राख्दै महशुल भुक्तानी घरमा नै बसेर अनलाइन माध्यमहरुबाट गर्न उपभोक्ताहरुलाई प्रेरित गर्ने र महशुल भुक्तानीमा बिलम्ब हुन गएमा २०७६÷१२÷१० गतेबाट लागुहुने गरी अर्को सूचना नभएसम्मका लागि पानीको मासिक महशुलमा लाग्ने जरीमाना (हर्जना) छुट गर्ने निर्णय गरियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: