धुलाबारी खानेपानीको साधारण सभा

  प्रकाशित मिति
२३ चैत्र २०७५, शनिबार ११:१३


धुलाबारी । धुलाबारी खानेपानी उपभोक्ता समितिको आगामी कार्यकालका लागि कार्यसमिति चयन गर्न आगामी बैशाख १४ गते शनिबारका दिन निर्वाचन हुने भएको छ ।

संस्थाको शुक्रवार सम्पन्न बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयनका लागि निर्वाचनको मिति निर्धारण गरेको समितिका सचिव अजय घिमिरेले जानकारी दिए । निर्वाचन गराउनका लागि अधिवक्ता अशोककुमार पोखरेलको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति समेत चयन गरिएको छ । निर्वाचन समितिका सदस्यहरुमा पदम डाँगी, प्रकाश भण्डारी, इन्द्रकुमारी पाठक र कविन्द्रबिक्रम नेम्वाङ छन् ।

धुलाबारीको पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठानमा सम्पन्न साधारण सभामा प्रमुख अतिथि झापा क्षेत्र नम्बर १ का सङ्घीय सांसद सुरेन्द्रकुमार कार्कीले मेचीनगर क्षेत्रमा जनसङ्ख्या तीब्ररुपमा बढिरहेकाले मानव जीवनलाई अत्यावश्यक खानेपानीको उचित व्यवस्थापन तर्फ बेलैमा सबैले सचेत भएर लाग्नु पर्ने बताए ।

धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विशेष अतिथि मेचीनगर प्रमुख विमल आचार्यले नगरपालिका क्षेत्रभित्र भएका खानेपानी आयोजनालाई बलियो बनाउँदै लैजाने काममा नगरपालिकाले सहयोग गर्ने बताए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राम कट्टेल, मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बिना तामाङ, राप्रपा नेता सुशील आचार्य, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव अजय घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: