धुलाबारी खानेपानीमा पुनः बुढाथोकी

  प्रकाशित मिति
२५ बैशाख २०७३, शनिबार १२:१३


indra

मेचीनगर । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा इन्द्रबहादुर बुढाथोकी पुनः निर्वाचित भएका छन् ।

खानेपानीको शनिबार भएको मतगणनाको परिणाम अनुसार बुढाथोकी ९ सय ३१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका निकटम् प्रतिष्पर्धी वीपी भट्टराईले ९ सय ७ मत ल्याएका छन् । बुढाथोकी काङ्ग्रेस र भट्टराई एमाले निकटका कार्यकर्ता हुन् ।

समितिको उपाध्यक्षमा अशोक कुमार खडौलिया ७ सय ३६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धी दलबहादुर कट्टेलले ६ सय ६६ र भोजराज कोइलाराले २ सय ६७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी सचिवमा अजय घिमिरे ९ सय १ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रकाश खड्काले ७ सय ६१ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक अशोक पोखरेलले बताए ।

त्यसैगरी महिला सदस्यहरुमा अम्बिका भण्डारीले ८ सय ९८, दुर्गा थपलियाले ७ सय ७३ मत प्राप्त गरी विजयी भएका छन् । सदस्यहरु आत्मराम शर्माले ९ सय २३ मत, भरोसादास पौडेलले ७ सय ८४ मत, लक्ष्मी श्रेष्ठले ९ सय मत, नरेश खड्काले ९ सय ३२ मत र प्रकाश श्रेष्ठले ८ सय ११ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

शुव्रmबार समितिको नेपाली काङ्ग्रेस, एमाओवादी, राप्रपाबिचको गठबन्धन र एमाले, सङ्घीय समाजवादी तथा माले लगायतका दलहरूको गठबन्धनबिच निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: