धुलाबारी जेसीजको पद हस्तान्तरण

  प्रकाशित मिति
९ माघ २०७२, शनिबार ०५:१८


20160122_181052मेचीनगर । धुलाबारी जेसीजको ३७ औँ पदहस्तान्तरण, पुरस्कार तथा पदक वितरण शुव्रmबार सम्पन्न भएको छ ।

टाउन हलमा सम्पन्न कार्यक्रममा यो वर्षको स्व हरिशचन्द्र प्रसाई स्मृति छात्रावृत्ति पुरस्कारबाट काँकरभिट्टा उच्च माविका निराजन सापकोटा र बालकल्याण माविकी निरमाया खड्कालाई प्रदान गरिएको थियो । उनीहरूलाई जनही १५ सय र प्रमाण पत्रसहित सम्मान गरिएको हो ।

यसैगरी जेसीजमा आवद्ध ३ जना सदस्यहरूलाई विभिन्न अवार्डहरूद्वारा सम्मान गरिएको छ । रावतलाल जैनको स्मृतिमा प्रदान गरिने रावत अवार्डबाट सुभाष रिजाल, हरिशचन्द्र प्रसाईट्वारा प्रदान गरिने वीर अवार्डबाट योगेश राजवंशी र दिनेश शाक्यले आफ्नो छोरा निशान्त शाक्यको स्मृतिमा प्रदान गर्ने निशान्त अवार्डबाट शेखर गिरीलाई सम्मान गरिएको थियो ।

यसैगरी निर्वाचन समितिका संयोजक अनन्तप्रकाश वस्तीले २०१६ का लागि जेसीजको नयाँ समितिको घोषणा गरेका थिए । अध्यक्षमा लिलाप्रसाद भणडरी, कार्यकारीणी उपाध्यक्षमा नारायण खनाल र राजन रिजाल, उपाधयक्षहरूमा अल्का घिमिरे, रविन्द्र पाठक, राजिव प्रसाई र पारस दाहाल रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले विभिन्न जिम्मेवारीसहित सदस्यहरूको मनोनित गरेका छन् । जेसीजका महासचिवमा सागर खनाल, सहसचिव निरन गौतम, कोषाध्यक्षमा सुभाष रिजाल, कानुनी सल्लाहकार दिपेन्द्र कार्की, तालिम संयोजक केशव पोखरेल, फन्डराइज संयोजक योगेश राजवंशी, लेडी जेसीज कोडिनेटर सरस्वती सुवेदी, गेट टुगेदर चेयरमेन शेखर गिरी, मेम्मरसीप ग्रोथ चेयरमेन अनोज दाहाल, संचार संयोजक सञ्जय भण्डारी, सांस्कृतिक कार्यक्रम संयोजक आश्मा चापागाई, बालबालिका कार्यक्रम संयोजक तुलसी गोयल, सामाजिक परिचालन संयोजक सीता महरा, खेल संयोजक दिनानाथ भट्टराई, स्वास्थ्य कार्यक्रम संयोजक बन्दना खतिवडा, संगठन विस्तार संयोजक ध्रुव कोइराला, युवा परिचालन संयोजक सरोज मेहेरा, फोटोग्राफी संयोजक इभान लुइँटेल, टिम डाइरेक्टर डिल्लीराम भण्डारी र समुदाय सम्बन्ध संयोजक दुर्गा खड्कालाई मनोनय गरेका छन् ।

नवनिर्वाचि अध्यक्ष भण्डारीलाई २०१५ का अध्यक्ष ऋषीराज तिम्सिनाले सपथ ग्रहणसहित चेन तथा मायाको चिनो हस्तान्तरण गरेका थिए । नवनिर्वाति अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा रचनात्मक कार्य गर्दै आफ्ना पिता लोकनाथ भण्डारीको स्मृतिमा १ लाख रूपैयाको अक्षयकोषको स्थापना गर्ने घोषाण गरेका थिए ।

ऋषीराज तिम्सिनाको सभापतित्वमा भएको पहिलो चरणको कार्यक्रमको सञ्चालन महासचिव सुभाष रिजालले गरेका थिए ।
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जगतबहादुर पोखरेलको प्रमुख अतिथि तथा जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलको विशेष अतिथिमा सम्पन्न कार्यक्रममा जेसीजका राष्ट्रिय महासचिव विष्णु बराल, निरूपित उपाधयक्ष डिल्ली ढकाल, पूर्व अध्यक्षहरू छविलाल खतिवडा, अनिल भेटवाललगायतले शुभकामना दिएका थिए । कार्यक्रममा मेची उद्योग बाणिज्य सङ्घका अध्यक्ष विजय डालमिया, मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, २०१५ की अध्यक्ष टिका सुवेदी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख श्यामकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यव्रmम संयोजक केशव पोखरेलले स्वागत गरेको कार्यक्रमको दोस्रो चरणको सञ्चालन महासचिव सागर खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: