धुलाबारी मावि र किसानबीच १३ बुँदे सहमति

  प्रकाशित मिति
११ चैत्र २०७४, आईतवार ११:३०


धुलाबारी । धुलाबारी मावि र विद्यालयको जमिन उपभोग गर्ने किसानहरु बीचको बिवाद समाधानका लागि १३ बुँदे सहमति भएको छ । धुलाबारी माविमा आयोजित सहमति पारितको संयुक्त बैठकमा सो १३ बुँदे सहमति भएको हो ।

प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी, मेचीनगरका प्रमुख बिमल आचार्य, उपप्रमुख मीना उप्रेती लगायतको उपस्थितिमा शुव्रmवार किसानले विद्यालयलाई तिर्न बाँकी रहेको ठेक्काको ५० प्रतिशत चैत मसान्त भित्र तिर्ने, विद्यालयको जमिनमा बसोबास गरेका किसानले अर्को व्यवस्था नभएसम्म नयाँ संरचना नबनाउने, किसानले उपभोग गरेको जमिनको क्षेत्रफल यकिन गर्न नगरपालिकाको प्राविधिक सहयोग लिने, बसोबास क्षेत्र बाहेकको जमिन विद्यालयलाई फिर्ता गर्ने, किसानको ठेक्का मिनाहा गर्ने लगायतका १३ बुँदे सहमति पारित भएको विवाद समाधानका लागि सहयोगीको भूमिका खेलेको संस्था प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति सङ्गीता थापाले बताइन् ।

धुलाबारी माविका व्यवस्थापन समितिका अध्यक्ष गणेशबिक्रम नेम्वाङको सभापत्विमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी, बिशेष अतिथि नगरप्रमुख विमल आचार्य, वडा अध्यक्ष गोपाल खड्का, वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी, राजनीतिक नेतृत्व प्रकाश भण्डारी, कृष्ण कनाल, सुनिता पनेरुलगायतले विवाद समाधानका लागि भएको सहमतिमा सबै पक्ष इमान्दार भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

कञ्चन तामाङले स्वागत मन्तव्य तथा धुलाबारी माविका शिक्षक रमेश दाहालको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: