धुलाबारी मौन किन ?

  प्रकाशित मिति
८ आश्विन २०७५, सोमबार ०९:१७


२०५२ सालमा तत्कालीन सांसदद्वय नेकपा (एमाले) का देवीप्रसाद ओझा र नेपाली काङ्ग्रेसका चक्रप्रसाद बाँस्तोला मिलेर प्रतिनिधि संसदमा काँकरभिट्टा र धुलाबारी नगरोन्मुख गाविसलाई जोडेर मेचीनगर नगरपालिकाको रुपमा प्रस्ताव पारित गरे । त्यतिखेरदेखि नै धुलाबारीमा भौतिक पूर्वाधार पुगेको र काँकरभिट्टामा जनसङ्ख्या र एरिया क्षेत्र ठूलो थियो । त्यस समयमा स्थानीय राम कट्टेल र सीताराम भट्टराईले त्यसबेला नगरपालिका घोषणाको विरोध गरे पनि अन्य स्थानीयबासी बोलेनन् । मौन भएर बसे । आज पनि त्यस्तै छ । शान्ति प्रिय मौन र नेपाल सरकारले जुनसुकै नीति ल्याए पनि त्यसको विरोध गरिदैन ।

अहिले नेपाल टेलिकम धुलाबारी शाखाले वितरण गरेको लेनलाइन टेलिफोन बिग्रेको महिनौँ भए पनि बनाउन, मर्मत गर्न प्राविधिक आउँदैनन् । कसैको मोवाइलबाट १९८ थिचेर कम्प्युटरले भने अनुसार नम्बर थिचेर कोड नम्बर, फोन नम्बर थिच्दा पनि काम हँुदैन । पानी परेपछि फोनको आवाज केही सुनिदैन बिग्रिन्छ । यसबारे धुलाबारी बोल्दैन । आन्दोलन र विरोध गर्दैन, मौन भएर सहन्छन् ।

यस्तै, नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले सूचना र विज्ञापन दिएअनुसार स्वास्थ्य बीमा गरेर २५ सय तिरेको रसिद र परिचय पत्रमा तोके बमोजिम धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसी जाँदा तपाईंलाई जुन रोग लागेर डाक्टरले लेखे अनुसार औषधि त्यहाँ पाइँदैन । मैले पनि आफूलाई चाहिएको औषधि नपाए पनि मेची अञ्चल अस्पताल भद्रपुरमा रेफर गराएर फार्मेसीमा बुझाएर केही औषधि पाएँ । महिनामा ५ सय रुपैयाँ जति लिएर एक वर्षमा ५० हजारको औषधि पाइदैन । त्यसबारे पनि केही बोल्दैनन्, मौन भएर बस्छन् ।

त्यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २०७५ जेठ १ गतेदखि देशभरि लोडसेडिङ अन्त्य भयो भनेर भाषण गरे पनि नेपाल विद्युत प्राधिकरण धुलाबारी शाखाले वितरण गरेको यस क्षेत्रमा विद्युत बेला–बेलामा लोडसेडिङ हुन्छ, यसबारेमा पनि धुलाबारी बासिन्दा बोल्दैनन् ।

अहिले धुलाबारीबासी हामी चक्रप्रसाद बाँस्तोला जस्तै बिरामी छौँ । हामी धेरैजसो काङ्ग्रेस विचारको पुस्ताका छौँ । सातवटा सरकारी स्वामित्वमा भएको चिया बगान र नेपाल चिया विकास निगम गिरिजा सरकारले ठेक्का र बिक्री गर्दा हामी केही बोल्दैनौँ । निजी चिया चलाउन सक्ने सरकारी स्वामित्व भएको चिया बगान चलाउन नसक्ने ? त्यतिखेर कृषिमन्त्री शैलजा आचार्यले राजीनामा दिनुको कारण यही होला ।

अहिले धुलाबारीबाट जनप्रतिनिधिमा वडा अध्यक्ष बाहेक नगर प्रमुख उपप्रमुख र प्रतिनिधि सदस्यमा जित्न सक्दैनौँ । त्यसैले काँकरभिट्टामा जस्तो विकास निर्माण कार्य हुन नसकेको धुलाबारीबासीको बुझाई छ । यहाँका बासिन्दालाई कालोपत्रे सडक, नाली, पार्क वा भौतिक सुविधा चाहिन्छ । तर, कसले सुन्ने यो कुरा ? हाम्रो धुलाबारी मौन बसेर कुनै क्रान्ति वा आन्दोलन नगर्नु नै दुर्भाग्य बनेको छ ।

धुलाबारी, झापा

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: