‘धुलाबारी युनिटी’को १४ बुँदे ज्ञापनपत्र

  प्रकाशित मिति
१७ असार २०७७, बुधबार १९:३७


मेचीनगर । मेचीनगर–९, १० र १५ का सामाजिक युवा अभियन्ताहरुको संगठन ‘धुलाबारी युनिटी’ ले नगरमा कोरोना भाइरसको

रोकथाम तथा नियन्त्रणका लागि बुधबार मेचीनगरपालकालाई १४ बुँदे ध्यानआकर्षण सहितको ज्ञापनपत्र बुझाएको छ ।

‘धुलाबारी युनिटी’ का संयोजक प्रकाश खड्काको नेतुत्वमा गएको टोलीले मेचीनगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेतीलाई ईटाभट्टा कार्यालयमा ध्यानआकर्षण सहितको ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा विहान ८ देखि ५ वजेसम्म मात्र वजार खोल्नु पर्ने, भारतबाट आएका मालबाहक गाडीका चालक र सहचालकको पीसीआर गर्नु पर्ने, कालोवजारी नियन्त्रण गर्नु पर्ने, धाइजनको स्वास्थ्य चौकीलाई आइसोलेसन वार्ड बनाउनु पर्ने, मास्क अनिर्वाय लगाउनु पर्ने, जनचेतना मुलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने लगायतका १४ बुँदे मागहरु उल्लेख ।

नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेतीले ‘धुलाबारी युनिटी’ सँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

छलफलमा नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेती, मेचीनगर–१० का वडाध्यक्ष सुदय पनेरु, ‘धुलाबारी युनिटी’ का संंयोजक खड्का, सचिव मनोज घिमिरे, नारायण खनाल लगायत सदस्यहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: