धुलावारीको आम्दा वा कलबलगुडीलाई कोभिड अस्पताल बनाउने प्रस्ताव

  प्रकाशित मिति
६ बैशाख २०७७, शनिबार १३:१९


धुलाबारीस्थित आम्दा अस्पताल ।

मेचीनगर । कोरोना भाइरस संक्रमितहरूलाई उपचार गर्न झापामा छुट्टै कोभिड अस्पताल बनाइने भएको छ । भेन्टिलेटरसहित कम्तीमा ५० शय्याको अस्पताल बनाउन ठाउँ छनोट गर्ने काम भइरहेको छ ।

प्रदेश सरकारअन्तर्गत बन्ने उक्त अस्पताल भद्रपुरस्थित कलवलगुडी प्रशिक्षण केन्द्रको भवनमा वा धुलाबारीस्थित आम्दा अस्पताल भवनमा राख्नेबारे अध्ययन भइरहेको प्रदेश सरकारको क्राइसेस मेनेजमेन्ट टिमका महामारी विशेषज्ञ डा. सूर्य पराजुलीले जानकारी दिए ।

प्रदेश १ मा विराटनगरको कोसी अस्पतालमा कोभिड उपचारका लागि ५० शय्या तयार पारिसकिएको छ । उक्त अस्पतालमा शय्या ७५ वटा पुर्‍याउने तयारी भइरहेको डा. पराजुलीले बताए ।

त्यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक सय बेडको छुट्टै कोभिड अस्पताल निर्माण भइरहेको छ ।

‘धरान र विराटनगरमा गरी १ सय ७५ बेडको अस्पताल तयार भइरहेको छ । झापामा पनि ५० बेडको छुट्टै अस्पताल बनाउन सकिए सम्भावित महामारीमा प्रदेशवासीलाई स्वास्थ्य सेवा दिन सजिलो हुनेछ,’ पराजुलीले भने ।

(इ-कान्तिपुरबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: