जुलुसले भन्यो-‘हत्यारालाई फाँसी दे’

  प्रकाशित मिति
१७ श्रावण २०७३, सोमबार १९:२५


00
धुलाबारी, १८ साउन । बुधबारेमा बलात्कारपछि हत्या गरिएकी तनुजा कोइरालाको हत्यारालाई तत्काल सार्वजनिक गर्न माग गर्दै मंगलबार मेचीनगरका महिलाहरुले बृहत र्याली निकालेका छन् ।

स्वतःस्फूर्त रुपमा मेचीनगर क्षेत्रका सयौं महिलाहरुले खुटटेडाँगीबाट निकालेको र्याली धुलाबारी चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

‘हत्यारालाई सार्वजनिक गर, हत्या हिंसा बन्द गर, बलात्कारीलाई कडा भन्दा कडा कारवाही गर, शान्ति सुरक्षा कायम गर बलात्कारीलाई फाँसी दे’ जस्ता नारासहितका प्ले कार्डसहित र्याली निकालिएको थियो ।

000

र्यालीलाई सम्बोधन गर्दै महिला नेतृहरुले हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न र धरमपुरमा डेरामै मध्यराति बलात्कृत किशोरीलाई उचित न्याय दिलाउन प्रहरी प्रशासन समक्ष माग गरेका थिए । उनीहरुले प्रहरीले पक्राउ गरेका बलात्कारका अभियुक्त प्रेमकुमार चेम्जोङलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

शान्तिनगर–१ की तुनजाको मावली घर बुधाबारे –५ मा हत्या गत साउन ५ गते हत्या भएको थियो भने धरमपुरकी किशोरमाथि गत साउन ९ गते बलातकार भएको थियो ।

महिला नेतृ मिना उप्रेतीले सभालाई सम्बोधन गर्दै देशका प्रमुख निकायमा महिला नै भए पनि अझै महिलामाथि हुने हत्या हिंसा नरोकिएमा आपत्ति जनाइन् । उनले तनुजाको हत्यारालाई तत्काल कारवाही नगरे चरणबद्ध रुपमा महिलाहरु आन्दोलनमा उत्रिने चेतावनी दिइन् ।

महिला नेतृ रेणुका डाँगीले दिनानुदिन महिलामाथि हुने हत्या हिंसाप्रति राज्य गम्भीर नभएकोमा चिन्ता व्यक्त गरिन् । उनले तत्काल तनुजाको हत्यारा पत्ता लगाई सार्वजनिक गर्न र धरमपुरमा किशोरीलाई मध्यरातमा बलात्कार गर्ने अभियुक्तलाई कडाभन्डा कडा कारवाही गर्न प्रशासन समक्ष माग गरिन् ।

56

त्यसैगरी, नेतृ जानुका ओलीले तनुजाको हत्याले सिंगो झापा शोकमा डुबेको बताइन् । उनले हत्यारा जोसुकै भए पनि उसलाई कानुनी कठघरामा चाँडोभन्दा चाँडो उभ्याउन प्रहरीलेलाई आग्रह गरिन् ।
रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौलाले दिनानुदिन झापामा भइरहेको हत्या र बलात्कार रोक्न सबै तह र तप्काबाट पहल गर्नुपर्ने बताए । उनले अपराधीलाई तत्काल सार्वजनिक गरी पीडितलाई न्याय दिलाउन माग गरे ।

त्यसैगरी, महिला नेतृ मिरा पोखरेलले यो घटनालाई सामान्य नठान्न आग्रह गर्दै अपराधीलाई तत्काल सार्वजनिक गर्न र बलात्कारको अरोपमा पक्राउ परेका चेम्जोङलाई कानुन अनुसारको दण्ड दिलाउने प्रशासनसमक्ष माग गरिन् ।

र्यालीपछिको कोणसभा कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अम्बिका भण्डारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: