धुलावारीमा आज ‘बडी स्यानिटाइजर च्याम्बर’ परीक्षण हुँदै

  प्रकाशित मिति
१ बैशाख २०७७, सोमबार ११:४८


मेचीनगर , १ बैशाख । कुनै कार्यालय वा स्थानमा धेरै जना मानिस ओहोरदोहोर गर्नै पर्ने अवस्था छ भने कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन के गर्ने होला ? अवश्य साबुनपानीले मिचीमिची हात धुने वा क्लोरिन मिसाइएको पानीमा खुट्टा चोबल्ने वा अल्कोहलको मात्रा धेरै भएको स्यानिटाइजर हातमा दल्ने उपाय अपनाउनु पर्ने उत्तर आउँछ ।

धुलावारीमा परीक्षणको तयारी । फोटो : ज्ञानेन्द्र निरौलाको फेसबुक
वीर हस्पिटलमा प्रयोगमा ल्याइएको च्याम्बर ।
वीर हस्पिटलमा प्रयोगमा ल्याइएको च्याम्बर ।

तर, अब भीड हुनै पर्ने स्थानका लागि नयाँ विकल्प आएको छ–बडी स्यानिटाइजर च्याम्बर । हिँड्दै गर्दा पुरै शरीर र व्यक्तिले बोकेका सामानलाई एकैपटकमा निसङ्क्रमित गर्ने उपायको खोजीको क्रममा यो च्याम्बरको प्रयोग बढ्न थालेको छ ।

क्वारेन्टाइन, बैङ्क, हस्पिटल, उद्योग, तरकारी बजार, सुरक्षा निकायलगायतका कार्यस्थलमा बडी स्यानिटाइजर च्याम्बर उपयोगी हुने देखिएको छ । अमेरिका, चीन, बेलायत, जापान, केन्या, भारत लगायतका देशमा यो विधिको प्रयोग निकै बढेको छ ।

नेपालमा पहिलोपल्ट काठमाडौंको वीर हस्पिटलमा मारवाडी युवा मञ्चको पहलमा बडी स्यानिटाइजर च्याम्बर प्रयोगमा ल्याइसकिएको छ ।

मञ्चले आफ्नै लागत र इन्जिनियरिङमा निर्माण गरेको यो च्याम्बर वीर हस्पिटलको गेटमा राखिएको छ । डाक्टरदेखि विरामीका कुरुवासम्मले यो च्याम्बरबाट अनिवार्य प्रवेश गर्नुपर्ने नियम बनाइएको छ ।

च्याम्बरमा मानिस छिरेको सेन्सरले आफै थाहा पाउँछ र यात्रुलाई निसङ्क्रमित गर्ने केमिकल स्प्रेमार्फत स्यानिटाइज गरिदिन्छ । यसको अर्थ व्यक्तिले हातमा स्यानिटाइजर दल्नु पर्नेछैन, साबुनपानी खोजिरहनु पर्नेछैन ।

झापाको मेचीनगरमा मेची अभियानको पहलमा स्थानीय प्राविधिकले मौलिक बडी स्यानिटाइजर च्याम्बर निर्माण गरिरहेका छन् ।

धुलावारी खानेपानी कार्यालयमा स्थानीय युवा सागर शिवाकोटीको विशेष निर्देशनमा खानेपानीका प्राविधिकहरुले च्याम्बरको फ्रेम आइतवार नै तयार पारिसकेका छन् । सोमवार दिउँसो च्याम्बरको अन्तिम परीक्षण गरिने मेची अभियानका संयोजक विजय डालमियाले बताए ।

च्याम्बर निर्माणमा खानेपानीका पाइप र टुटी प्रयोग गरिएको छ । वीर हस्प्टिलको जस्तो सेन्सर नभएर यहाँ स्प्रेका लागि प्रेसर विधि प्रयोगमा ल्याइँदैछ । च्याम्बरमा प्रवेश गर्ने व्यक्तिले गेटमा खुट्टाले स्वीच थिचेपछि भित्र पस्नासाथ केमिकलयुक्त स्प्रेले स्यानिटाइज हुने प्रविधि संयोजन गरिएको डालमियाले जानकारी दिए ।

नयाँ प्रविधिमा रुचि राख्ने युवा सागर शिवाकोटीले यस अघि आफ्नै बलबुता र स्थानीय सामग्रीको संयोजनमा कोरोना भाइरस छेक्ने फेस शिल्ड निर्माण गरेका थिए । त्यसैगरी मेची अभियानका संयोजक बिजय डालमियाले मास्क र पीपीई आफ्नै घरमा तयार पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: