धुलावारीमा जेसीज सम्मेलन

  प्रकाशित मिति
८ आश्विन २०७३, शनिबार ०९:५०


नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन यो बर्ष झापाको धुलाबारी जेसीजको आतिथ्यतामा हुँदैछ । नेपाल जेसीजको पुरानो शाखा मध्येको एक धुलाबारी जेसीज सन् १९७९ मा पाटन जेसीजको मातृत्वमा स्थापित शाखा हो । पूर्वी नेपालका सर्लाहीदेखि झापासम्मका ३४ वटा जेसीज शाखाका करीब ४ सय प्रतिनिधिहरूको सहभागिता रहने क्षेत्रीय सम्मेलनको तयारी यतिबेला तीब्रस्तरमा चलिरहेको छ । यही असोज १४ गते उद्घाटन हुने जेसीज क्षेत्र ‘क’ सम्मेलनले नेपाल जेसीजको महाधिवेशनमा पेश गर्ने बिभिन्न प्रस्तावहरू पास गर्नेछ ।

नेपाली युवाहरूलाई सकारात्मक तथा रचनात्मक कार्यका लागि संस्थागत रुपमा अगाडि बढाउन सन् १९६४ वि.सं. २०२१ असोज २ गते भारतको गोरखपुर जेसीजको सौजन्यतामा नेपाल जेसीजको स्थापना भएको हो । नेपाल जेसीजका संस्थापक अध्यक्ष बरिष्ठ कुटनीतिज्ञ तथा परराष्ट्रविद् पूर्व मन्त्री डा. भेष बहादुर थापा हुनुहुन्छ । नेपाल जेसीज अन्तर्गत हाल देशभरि १ सय ३५ भन्दा बढी शाखाहरू छन् । भौगोलिकतालाई हेरेर नेपाल जेसीजका शाखाहरूलाई क्षेत्र क, ख, ग, र घ गरी चार क्षेत्रमा वर्गीगकरण गरिएको छ ।

एक व्यक्ति एक पद, एक बर्ष र एक कार्यकालको मूल मान्यतालाई आत्मसाथ गरी १८ देखि ४० बर्ष भित्रका युवाहरूको उपस्थिति हुने जेसीजको प्रत्येक बर्ष नेतृत्व परिवर्तनका लागि राष्ट्रिय महाधिवेशन र क्षेत्रका शाखाहरूको गतिविधिलाई गतिशील र भाइचारालाई थप मजबुत बनाउन हरेक बर्ष क्षेत्रीय सम्मेलन समेत हुने गरेको छ । जस अनुसार सबै क्षेत्रमा गरी बर्षमा ४ वटा क्षेत्रीय सम्मेलन सम्पन्न हुने गर्दछन् । जस अनुसार बर्ष २०१६ को क्षेत्र ‘क’ सम्मेलन धुलाबारी जेसीजले आतिथ्यता गर्ने भएको छ । सम्मेलन सम्पन्न गर्नका लागि धुलाबारी जेसीज बर्ष २०१६ का अध्यक्ष लिलाप्रसाद भण्डारीले मुख्य नेतृत्व प्रदान गर्नु भएको छ भने सम्मेलन निर्देशक धुलाबारी जेसीजका पूर्व अध्यक्ष अनन्त प्रकाश वस्तीको नेतृत्वमा १५ सदस्यीय सम्मेलन मूल आयोजक समिति गठन गरिएको छ ।

धुलाबारी जेसीज पूर्वी नेपालको तत्कालीन रुपमा धुलाबारी बजार र आसपासका युवाहरूलाई समेटेर सन् १९७९ अप्रिल ५ अर्थात बि.सं. २०३५ साल चैत २३ गते विहिबारका दिन स्थापना भएको हो । धुलाबारी जेसीजका संस्थापक अध्यक्षका रुपमा जेसी हरिशकुमार श्रेष्ठ र महासचिव जेसी छविलाल खतिवडा रहनु भएको छ ।

धुलाबारी जेसीजको प्रमुख उद्देश्य भनेको १८ देखि ४० बर्ष भित्रका युवामा भएको जोस जाँगरलाई सकारात्मकतामा रुपमान्तरण गर्दै उनीहरूको व्यक्तित्वमा निखार ल्याएर समाज रुपान्तरणमा नेतृत्वदायी भूमिका खेल्न सक्ने बनाउनु नै हो । धुलाबारी जेसीजले नेपाल जेसीजका थुप्रै कार्यव्रmमहरूलाई आयोजना तथा संयोजन गरिसकेको छ । पूर्व कै पुरानो शाखाहरूमध्येको एक धुलाबारी जेसीजले सन् १९८१ मार्च महिनामा आयोजना गरेको मल्टी च्याप्टर मिटिङले नै अहिलेको क्षेत्रीय सम्मेलनको आधार तयार गरेको हुनाले पनि धुलाबारी जेसीज नेपाल जेसीजको एउटा महत्वपूर्ण शाखाका रुपमा स्थापित छ ।

धुलाबारी जेसीजले अहिले सम्म सन् १९९८ मा क्षेत्र क सम्मेलन र सन २००४ मा नेपाल जेसीजको ३१ औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । त्यस्तै बिभिन्न समयमा नेपाल जेसीजको केन्द्रीय पदाधिकारीमा समेत आफ्नो अर्थपूर्ण उपस्थिति जनाएको धुलाबारी जेसीजका सन् १९९२ का शाखा अध्यक्ष जेसी अनिल भेट्वाललाई सन् १९९३ मा राष्ट्रिय उपाध्यक्ष, सन् १९९४ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष हुँदै सन् १९९५ मा राष्ट्रिय अध्यक्ष बनाउन सफल भइसकेको छ ।

२९ बर्षको उमेरमा राष्ट्रिय अध्यक्ष हुनु भएका जेसीआई सिनेटर अनिल भेटवाल संसार कै जेसीज शाखाहरूमा अहिलेसम्म पनि सबैभन्दा कम उमेरमा राष्ट्रिय अध्यक्ष हुने व्यक्तिका रुपमा स्थापित हुनुहुन्छ । त्यस्तै धुलाबारी जेसीजका पूर्व अध्यक्ष स्वः अरुणकुमार श्रेष्ठ नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्ष, पवन अग्रवाल, दिनेश शाक्य, नरेन्द्र खड्का र लक्ष्मी राईले राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएको छ । धुलाबारी जेसीज कै अगुवाईमा मेची अञ्चलमा नै सबै भन्दा ठूलो सभाहल धुलाबारीमा स्थापना गरिएको छ । जसलाई पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठानका नामले चिनिएको छ ।

धुलाबारी जेसीजले यस भन्दा अघि गरेका नेपाल जेसीजको राष्ट्रिय कार्यव्रmमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको र यस बर्षको क्षेत्र ‘क’ सम्मेलन पनि उत्कृष्टताका साथ सम्पन्न गर्नेे लक्ष्य लिएको छ । यस बर्षको क्षेत्र ‘क’सम्मेलनको प्रकरण ‘हिमाल पहाड तराईको साझा ध्यान ः संविधान कार्यान्वयनमा जेसीज अभियान’ तय गरिएको छ । यस प्रकरणमा राष्ट्रिय व्यक्तित्वहरू राधेश्याम अधिकारी, डा.चन्द्रकान्त ज्ञवाली र चन्द्रकिशोरले विश्लेषणात्मक प्रस्तुति दिने कार्यव्रmम रहेको छ भने युवा कानुन व्यवसायी प्रविन सुवेदीले कार्यपत्र प्रस्तुत गर्ने कार्यव्रmम रहेको छ । क्षेत्र ‘क’ भरिका सहभागी जेसीज सदस्यहरूको छलफलबाट धुलाबारी घोषणा पत्र जारी गरी सम्मेलन सम्पन्न हुने छ ।
(लेखक सम्मेलन मूल आयोजक समितिका सचिवालय संयोजक समेत हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: