धुलावारीमा स्ववियू चुनाव स्थगित

  प्रकाशित मिति
४ फाल्गुन २०७३, बुधबार १०:०१


धुलावारी, ४ फागुन । धुलावारी क्याम्पसमा एकीकृत संघीय समाजवादी विद्यार्थी युनियनका कार्यकर्ताहरुले आज विहान तालाबन्दी गरेपछि चुनाव स्थगित भएको छ ।

फागुन १४ गते देशैभर त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियू चुनाव हुने गरी तयारी भइरहेको बेला धुलावारी क्याम्पसमा तालाबन्दी भएको हो । चुनावी कार्यक्रम अनुसार फागुन ४ गते उम्मेदवारहरुको मनोनयन पत्र वितरण र फागुन ५ गते उम्मेदवारी दर्ता गरिने भएको थियो ।

एकीृकत संघीय समाजवादी विद्यार्थी युनियनका कार्यकर्ताले पूर्ण समानुपातिक चुनावको माग गर्दै आएका छन् ।

आज विहान सहिद मनिल तामाङको सालिक बन्नु पर्नेसहितको माग पेश गर्दै ती कार्यकर्ताहरुले क्याम्पसमा तालाबन्दी गरेको स्ववियू चुनावका लागि गठित निर्वाचन समितिका प्रमुख अजय घिमिरेले जानकारी दिए । उनले धुलावारी क्याम्पसको स्ववियू कार्यक्रम स्थगित भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: