धुलावारीमा हेरियो ‘खोपडीभित्रका मान्छेहरु’

  प्रकाशित मिति
१० फाल्गुन २०७७, सोमबार २१:३९


मेचीनगर, ११ फागुन । केही दिनदेखि लगातार रिहर्सलमा समय खर्चिरहेका स्थानीय कलाकारहरुले धुलावारीको कृषि साझा भवनमा नाटक ‘खोपडीभित्रका मान्छेहरु’को मञ्चन गरेका छन् ।

स्थानीय भुइँमान्छेहरुका तिताटर्रा जीवन भोगाइहरुलाई थपक्कै समेटिएको यो नाटकको निर्देशन चर्चित युवा निर्देशक सागर खातीले गरेका थिए ।

फागुन ७, ८ र ९ गते गरी तीन दिन सोही भवनमा स्थानीय दर्शकका लागि नाटक मञ्चन भएकोे थियो ।

नाटकको आयोजना मेचीनगर सचेत युवाले गरेको थियो । नाटकमा बेजोड अभिनय गरेका कलाकारहरु पहिलोपल्ट अभिनयमा उत्रिएको भन्दा कसैले पत्याउन सम्भव नभएको आयोजक सम्बद्ध अनुज दाहालले बताए ।

आफ्नो निष्कर्ष दर्शकलाई थोपर्नुभन्दा मिथक बिम्बद्वारा परिस्थितिलाई खोपडीभित्र पसाउने यत्न नाटकले गरेको दाहाल बताउँछन् ।

तीन दिवसीय नाटक मञ्चनको समापनमा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले नाटक हेरेकी थिइन् । उनले कलाकारहरुको अभिनय र नाटकले दिन खोजेको सन्देशको प्रशंसा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: