धुलावारीवासी भन्छन्–‘असुरक्षा बढ्यो’

  प्रकाशित मिति
१० जेष्ठ २०७६, शुक्रबार ०८:१२


धुलावारी । मेचीनगर–१० का स्थानीयवासीले असुरक्षा बढेको भन्दै शान्ति सुरक्षाको अवस्था भरपर्दो बनाउन प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

मेचीनगर–१० का नेकपा अध्यक्ष प्रकाश खड्काको नेतृत्वमा इलाका प्रहरी कार्यालय धुलावारीमा पुगेर स्थानीयवासीले विहीवार ज्ञापन पत्र बुझाएका छन् ।

प्रमुख दलका प्रतिनिधिहरुको हस्ताक्षर भएको ज्ञापन पत्रमा बुधवार राति आरती चौहान बुढाथोकीलाई उनकै घरमा राति गरिएको साङ्घातिक आक्रमणले असुरक्षाको चरम अवस्था उजागर भएको उल्लेख छ ।

प्रहरी कार्यालयमा दक्ष र जानकार जनशक्ति नभएको र सुरक्षाकर्मीहरु बोलाएको बेलामा नआउने गरेको विषयले स्थिति झन् गम्भीर बनाएको ज्ञापन पत्रमा जनाइएको छ ।

सो ज्ञापन पत्र नेकपाका वडा अध्यक्ष खड्काले प्रहरी नायव उपरीक्षक महेश थापालाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मेचीनगर वडा नं. १० निर्वाचित अध्यक्ष सुदय पनेरु, सदस्य धिरावती लिम्बु, नेपाली काङ्ग्रेसका वडा सहसंयोजक चन्द तिवारी, नेकपा मालेका नगर सचिव भरोसादास पौडेल, सङ्घीय समाजबादी पार्टीका गोकुल हुमागाई, धुलावारी बजार व्यवस्थापन समितिका सचिव नारायण प्रसाई, रामघाट सेवा समितिका अध्यक्ष गोपाल गुप्ता, नारायण गुरुङ, जनक रायमाझी, प्रकाश आचार्य, ज्ञानेन्द्र घिमिरे, राजेन्द्र पोखरेल, पूर्णमान तामाङ, प्रकाश सुब्बा, विकास सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

ज्ञापन पत्रमा नगरवासीको शान्ति सुरक्षाको ग्यारेन्टी गर्न र बढ्दो दुव्र्यसनीलाई नियन्त्रणमा लिएर सुधारगृहमा लैजाने व्यवस्था मिलाउन माग गरिएको छ ।

धुलावारी इप्रकाका इञ्चार्ज टिकाबहादुर कार्की विदामा गएको बेला बुधवार राति जघन्य घटना भएको छ भने हाल सो इप्रकाका पुराना र स्थानीय अवस्थाबारे जानकारहरु सरुवा भएर गएपछि आएका प्रहरीहरु प्राय नयाँ छन् ।

इन्सपेक्टर विदामा भएको बेला घटना भएकाले विहीवारदेखि काँकरभिट्टाका डीएसपी महेश थापा आफै धुलावारीको कमाण्ड सम्हालेर बस्न थालेका छन् ।

हाल धुलावारीमा सो घटनाको अनुसन्धानका लागि १ नं. प्रदेश कार्यालयबाट समेत दक्ष जनशक्ति परिचालन भएको प्रहरीका जिल्ला प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जनाएका छन् ।

नेकपा मेचीनगर वडा नं. १० का अध्यक्ष प्रकाश खड्काले केही दिन अघि एक जना प्लस टुको परीक्षा दिएर घर फर्किरहेकी छात्रामाथि धुलावारी बजार पश्चिम क्षेत्रको सडकमा लागू औषध सेवन गरेका एक व्यक्तिले दुव्र्यवहार गरेको बताए ।

प्रहरीले नियमित गस्ती नबढाएको र शान्ति सुरक्षाको अनुभूति गराउन नसकेको हुँदा सर्वसाधारणले ढुक्कले राति निदाउन नसकिरहेको खड्का बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: