धुलावारी क्याम्पसका प्रमुख पौडेललाई पितृशोक

  प्रकाशित मिति
२ श्रावण २०७८, शनिबार १३:२३


मेचीनगर, २ साउन । धुलावारी क्याम्पसका प्रमुख पुष्पराज पौडेललाई पितृशोक परेको छ ।

क्याम्पस प्रमुख पौडेलका पिता एवम् नेपाली कांग्रेसका अग्रज नेता पुण्यप्रसाद पौडेलको शनिवार राति १२ ः ३० बजे हृदयाघातका कारण मेचीनगर–८ स्थित निजी निवासमा निधन भएको थियो ।

स्व. पौडेलको आज विहान १० बजे निन्दा नदीस्थित रामघाटमा पार्टीको सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

रामघाटमा पार्टीका पूर्व जिल्ला सभापति एवम् सभासद् सुधिर शिवाकोटी, पूर्व राष्ट्रिय सभा सदस्य डिल्ली सिटौला र जिल्ला उपसभापति राम कट्टेलले पार्थिव शरीरमा सम्मानपूर्वक पार्टीको झण्डा ओढाएका थिए ।

स्व. पौडेलका दुई छोरा र तीन छोरी छन् । जेठो छोरा रमेश पौडेल पूर्वाञ्चल ग्रामीण विकास बैंकका पूर्व निर्देशक हुन् भने कान्छो छोरा पुष्पराज पौडेल धुलावारी क्याम्पसका प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला नेता हुन् ।

स्व. पौडेल २०४६ सालको जनान्दोलनका बेला पचायती शासकहरुबाट पक्राउ परी जेल समेत परेका क्रान्तिकारी नेता हुन् । प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएको कारण उनलाई प्रजातन्त्र सेनानीको सम्मान समेत प्राप्त थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज