धुलावारी जेसीजको पद हस्तान्तरण

  प्रकाशित मिति
२७ पुष २०७३, बुधबार १०:५८


dscn5008

धुलाबारी । धुलावारी जेसीजको ३८ औँ पद हस्तान्तरण, सम्मान तथा पदक वितरण मङ्गलवार सम्पन्न भएको छ ।

पासाङ ल्हमु जेसीज स्मृति प्रतिष्ठान धुलावारीको हलमा सम्पन्न कार्यव्रmममा धुलावारी जेसीजका पूर्व अध्यक्ष हरिषचन्द्र प्रसाईँको स्मृतिमा स्थापित हरिषचन्द्र स्मृति छात्रवृत्ति पुरस्कारबाट क्षेत्र नम्बर १ बाट कक्षा–८ मा उत्कृष्ट हुने छात्रातर्फ बालकल्याण माविकी विद्यार्थी मिक्सेन लावती र छात्रतर्फ धुलावारी माविका राजु लुईटेललाई नगद १५ सयका दरले सम्मान गरिएको छ । यसैगरी पूर्व अध्यक्ष पन्नालाल जैनले आफ्ना बुुबाको स्मृतिमा स्थापित रावत अवार्ड पारस दाहाललाई प्रदान गरियो ।

एक वर्षको अवधिमा विभिन्न क्षेत्रबाट सम्मान गर्ने व्यक्तिलाई पनि सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा अनन्तप्रकाश वस्ती, ऋषिराज तिम्सिना, केशव पोखरेल र नारायण खनाल रहेका छन् ।

कार्यव्रmममा वर्ष २०१६ का अध्यक्ष लिलाप्रसाद भण्डारीले आफ्ना बुबाको स्मृतिमा नगद १ लाखको चेक नवनिर्वाचित अध्यक्ष सुभास रिजाललाई हस्तान्तरण गरेका थिए ।
कार्यव्रmममा २०१६ का अध्यक्ष लिलाप्रसाद भण्डारीले २०१७ का अध्यक्ष सुभास रिजाललाई चेन हस्तान्तरण गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष रिजालले विभिन्न पदमा पदाधिकारी मनोनित गरेका छन् । मनोनित हुनेहरूमा महासचिवमा रविन्द्र पाठक, कोषाध्यक्षमा केशव पोखरेल, कानुनी सल्लाहकारमा ऋषिराज तिम्सिना, सहसचिवमा रोशन रिजाल, पव्लिक रिलेशन अफिसरमा नारायण खनाल, सञ्चार संयोजकमा सुदिप सुवेदी, तालिम संयोजकमा सागर खनाल रहेका छन् । साथै विभिन्न समितिका १५ जना संयोजक मनोनित गरिएको छ ।

यस भन्दा अघि बसेको जेसीजको बैठकले कार्यकारी उपाध्यक्षमा राजिव प्रसाई, अनोज दाहाल, उपाध्यक्षहरूमा डिल्लीराम भण्डारी, सीता महरा, सीता गोयल र इभन लुइँटेल निर्वाचित भएको निर्वाचन अधिकृत दिपेन्द्र कार्कीले बताए ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीको प्रमुख आतिथ्यता भएका कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष मञ्जरी घिमिरे, महासचिव भरत प्रसाईलगायतले बोलेका थिए । कार्यव्रmममा आश्मा चापागाईले आस्था वाचन गरेकी थिइन् । कार्यव्रmम संयोजक नारायण खनालले स्वागत गरेको कार्यव्रmमको सञ्चालन महासचिव सागर खनालले गरेका थिए । कार्यव्रmममा जेसीजका पूर्व अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: