धुलावारी जेसीज ः मेरो अनुभूति

  प्रकाशित मिति
३० चैत्र २०७३, बुधबार ०९:४८


amritlal sir

आजभन्दा ३८ वर्ष अघि हरिकुमार श्रेष्ठको अध्यक्षतामा सन् १९७९ अप्रेल ५ का दिन धुलाबारी जेसीजको स्थापना भयो । म पनि जेसीजमा प्रवेश गरेको ३२ वर्ष भएछ । म जीवनमा कुनै राजनीतिक दलको आजसम्म सदस्य नभएको मान्छे विगत चालिस वर्षदेखि साहित्य, पत्रकारिता र सामाजिक गतिविधिमा समर्पित भएँ । एकदिन भीमराज अग्रवाल मेरो झुप्रो घरमा आएर मलाई ‘अमृत भाई !’ तपाई जस्तो साहित्य र पत्रकारिता क्षेत्रमा लागेको मान्छे जेसीजमा आवश्यक छ, आउनु प¥यो भन्न थाले । मैले भने, ‘म जस्तो विपन्न मान्छे जेसीज जस्तो संस्थामा प्रवेश गर्न वार्षिक सदस्यता शुल्क तिर्न सक्तिन’ भन्दा उसले म तिरिदिन्छु भन्दै मलाई घरबाट लिएर जेसीज सदस्यता फारम भराउन लगाए । सन् १९८५ मा धुलाबारी जेसीजमा प्रवेश गरेको वर्ष भीमराज अग्रवाल अध्यक्ष भएको कार्यकालमा म उपाध्यक्ष भएँ । त्यसपछि म आफैँले प्रत्येक वर्ष वार्षिक सदस्यता शुल्क तिरेर व्रmमशः जेसीजको शाखा सम्पादक, साधारण सदस्य, कार्यकारिणी उपाध्यक्ष एवम् निमित्त महासचिव, प्रकरण निर्देशक हुँदै सन् १९९० मा अध्यक्ष भएँ । त्यसपछि सन् १९९५ का अध्यक्ष कृष्ण कनालको कार्यकालमा कानुनी सल्लाहकारमा मनोनित भएँ । जेसीजमा यो भन्दामाथि मेरो घर व्यवहारिक कारणले उठ्न सकिनँ । सन् १९९७ का अध्यक्ष जीवनकुमार पौडेलको कार्यकालमा सन् १९९१ देखि मलाई धुलाबारी जेसीजको आजीवन सदस्यमा राख्ने निर्णय गरियो ।

मेलैे अहिलेसम्म जेसीज संस्थाबाट सन् १९८६ का अध्यक्ष भएका पवनकुमार अग्रवालबाट मेरा माइला भाइलाई टेलिफोनमा काम लगाएर रोजगारी दिए । सन् १९८३ का अध्यक्ष पन्नालाल जैनद्वारा स्थापित ‘रावत’ एवार्ड सन् १९८८ मा मलाई दिएर जेसीजप्रति लाग्न प्रोत्साहन दिए । यस्तै, धुलाबारी जेसीजका संस्थापक महासचिव छविलाल खतिवडाबाट म २०६१÷०६२ मा अस्वस्थ हुँदा केही रकम उठाएर सहयोग पु¥याए, जुन कुरा अर्जुनधारा दैनिक पत्रिकाको २०६८ कात्तिक २१ गते प्रकाशित ‘मेरो पुनर्जीवन’ शीर्षकको लेखमा उल्लेख छ । यसभन्दा अघि सन् १९८४ मा अध्यक्ष हरिशचन्द्र प्रसाईले जेसीज सम्बन्धी अन्तरव्रिmया कार्यव्रmममा मलाई बोलाएर सहभागी गराए । मलाई दमक जेसीजका तत्कालीन अध्यक्ष पदम कोइरालाले जेसीजको उद्देश्यबारे जानकारी दिए ।

धुलाबारी जेसीजका भूतपूर्व अध्यक्षीय क्लबको सन् २०१६ का अध्यक्ष भएको बेला गत २०७३ असोजदेखि मेरा दुबै मृर्गौला खराब भएर अस्वस्थ हँुदा क्लबका महासचिव क्रषिराम तिम्सिनाको सहयोगमा प्रत्येक महिनाको ५ तारिख हुने मासिक बैठक गरेर सहयोग पु¥याए । भूतपूर्व अध्यक्षीय क्लबको सन् २०१७ का अध्यक्ष अनिल भेटवाललाई पदभार जिम्मा दिन अघि मलाई सन् १९८७ तिर अनिल भेटवालले मलाई भारतको उत्तर प्रदेश प्रतापगढमा भ्रमणको एक संस्था जेसीज सम्बन्धी सोधेको प्रश्न सम्झना आयो । त्यतिखेर अनिलले मलाई सोधेको, ‘थियो अमृत दाई तपाई पनि जेसीजमा प्रवेश गर्नुभयो ।’ मैले भने, ‘हो ।’ उसले भन्यो, जेसीज भनेको धनीमानीको संस्था भनिन्छ, तपाई जस्तो मान्छे कसरी प्रवेश गर्नु भयो ? मैले भने होइन, जेसीज भनेको त्यस्तो संस्था हो, जसले व्यक्तित्व विकास गराउँछ, सामाजिक गतिविधिमा व्रिmयाशील गराउँछ, मञ्चबाट बोल्न सिकाउँछ । तपाई पनि जेसीजमा प्रवेश गर्नुस, पोखरीमा हाम फालेपछि मात्र पौडिन जान्नेहुन्छ । त्यसो भनेको एक दुई वर्षमै अनिल भेटवाल जेसीजमा प्रवेश गरेको मान्छे आज धुलावारी जेसीज शाखाको मात्र होइन, नेपाल जेसीजको राष्टिूय अध्यक्ष पदमा सन् १९९५ मा विश्वमा सबैभन्दा कम उमेर २९ वर्षमा हुनु हामी सबैलाई गौरवकोे अनुभूति हुन्छ ।

मैले जेसीज संस्थालाई मानवअधिकारवादी र सामाजिक संस्थाको रुपमा स्वीकारेर प्रवेश गरेको मान्छे जव सन् १९९० मा अध्यक्ष भएँ, त्यतिखेर नेपालमा २०४६ सालको जनआन्दोलनको अवस्था थियो । म जीवनमा कहिले राजनीति नगरेको मान्छे अचानक जेसीजको अध्यक्ष भएर राजनीतिक आन्दोलनमा लाग्न समस्या भयो । बल्लतल्ल पाएको राससको जागिर खोसिएला भन्ने डर भयो । गरिब एवम् विपन्न मान्छेको जागिर खोसियो भने मेरा सम्पूर्ण परिवारको गाँस र बास खोसिएला भन्ने डर थियो । नेपाल जेसीजका तत्कालीन राष्टिूय अध्यक्ष विकल शेरचनद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा जेसीजको आस्था बमोजिम कि शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भन्ने उद्घोषलाई शिरोपर गरेर २०४६ सालको प्रजातान्त्रिक आन्दोलनप्रति समर्थन गरिएको थियो । धुलावारी जेसीजका एक दुईजना बाहेक सम्पूर्ण जेसी साथीहरु आन्दोलनप्रति समर्पित थिए । मैले पनि आफू तटस्थ बसेर प्रेस विज्ञप्तिलाई बहुमतबाट पारित गराएँ । म आफू राजनीतिक आन्दोलनप्रति समर्पित भएर हिँड्न नसके पनि निर्दलीय पञ्चायतको समर्थन पक्षमा पनि थिइनँ । म पनि विधिको शासन चाहने प्रजातान्त्रिक आस्थाप्रति विश्वास र आशा थियो । त्यसैले २०४३ सालमा पञ्चायतले रजतजयन्ती मनाइरहँदा मैले साप्ताहिक विचार पत्रिकामा निर्मोही उपनाम दिएर रजतजयन्ती सुखको हो कि दुःखको शीर्षकमा लेख प्रकाशित हुँदा स्थानीय जिल्ला प्रशासन झापाबाट स्पष्टिकरण सोधी पठाएको थियो । म राजनीतिमा तटस्थ बसेको देखेर मलाई विभिन्न आरोप(प्रत्यारोपण शङ्काका दृष्टिकोणले हेर्थे । कुनै राजनीतिक दलको पछि नलागे पनि स्वतन्त्र नेपाली नागरिक भएर कुनै दलले उठाएका उम्मेद्वारीको आचार, विचार र व्यवहार हेरेर स्वच्छ निष्पक्ष रुपमा मत दिने गरेको छु । राजनीतिक दलका नेता वा कार्यकर्ताहरु पनि दलको नीति, सिद्धान्त र आस्था अनुरुप हिँडेको वा काम गरेको पाइएको छैन । त्यो त केबल देखाउने दाँत मात्र भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: