धुलावारी बजारमा भव्य दुर्गा पूजा

  प्रकाशित मिति
५ आश्विन २०७४, बिहीबार २०:३५


durga 2मेचीनगर । धुलावारी बजारमा स्थानीय व्यापारीहरुको पहलमा भव्य रुपमा दुर्गा पूजा सुरु भएको छ ।

सम्भवतः पूर्वकै आकर्षक र भव्य दुर्गा पूजाको रुपमा मानिएको सो पूजाको विहीवार साँझ शङ्कराचार्य पीठ साधुटारका प्राचार्य लक्ष्मीप्रसाद खतिवडाले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन् ।

पूजा समितिका अध्यक्ष प्रमोद साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लोकतन्त्र पोस्ट दैनिकका प्रधान सम्पादक मोहन काजी र रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला विशेष अतिथि थिए ।

कार्यक्रममा स्वबोध बाल आश्रमका विद्यार्थीहरुले भजनकीर्तन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

समितिका अध्यक्ष प्रमोद साहले बजारका व्यापारीहरुको सहयोग र पहलमा विगत १३ वर्षदेखि सो स्थानमा सामूहिक रुपमा दुर्गा पूजा हुँदै आएको बताए ।
नौरथाका सबै दिनमा सो स्थानमा श्रद्धालुहरुले पूजापाठ गर्ने गरेका छन् भने साँझ विशेष भजनकीर्तनका साथ अपार दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको छ ।

durga 1 durga 3

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: