धुलावारी माविको वाल क्लव उत्कृष्ट

  प्रकाशित मिति
२७ जेष्ठ २०७४, शनिबार २१:५१


मेचीनगर । वातावरण संरक्षण शिविर (एक्का)द्वारा हालै काठमाडौँमा आयोजित चौथौ राष्ट्रिय वाल क्लव सम्मेलनमा धुलावारी माध्यमिक विद्यालयको वाल क्लव प्रथम भएको छ ।

प्रथम भएर धुलावारी माध्यमिक विद्यालयको वाल क्लवले २५ हजार नगद पुरस्कार समेत प्राप्त गरेको छ ।

विश्व पर्यावरण दिवसको अवसर पारेर एक्काले यही जेठ २३, २४ र २५ गते काठमाडौँमा वाल क्लव सम्मेलन गरेको थियो । सम्मेलनमा मुलुकभरिका ६५ विद्यालयका क्लव सहभागी थिए ।

विद्यार्थीमा भएको वक्तृत्वकला, भित्तेलेखन, प्रपोजल राइटिङ लगायतका विविध विषयमा त्यहाँ क्लवका प्रतिनिधिहरुले प्रस्तुति दिएका थिए । धुलावारी माविका तर्फबाट वाल क्लवका अध्यक्ष गोविन्द घिमिरे र रोशना नेपाल सहभागी थिए ।

देशभरका पाँच उत्कृष्ट क्लवहरु पुरस्कृत भएको सो अवसरमा धुलावारी माविको क्लवले भने पहिलो स्थान प्राप्त गरेको थियो ।

सम्मेलनमा विद्यालय व्यवस्थापन समितिको प्रतिनिधिको रुपमा शिक्षक महेन्द्रविलाश लुइँटेल र संरक्षक शिक्षक रमेश दाहाल सहभागी भएका थिए । सम्मेलन एक्का नेपालका अध्यक्ष प्रभु बुढाथोकीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: