धुलोपीडितहरु आन्दोलित

  प्रकाशित मिति
२१ कार्तिक २०७४, मंगलवार १९:४९


 

ज्यामिरगढी । बाटोमा गाडी गुड्दा उड्ने धुलोका कारण अति पीडित भएपछि मेचीनगर–१५ का बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।

धुलावारीबाट चन्द्रगढी जाने सहिद वीरेन मार्गमा धुलोपीडित बासिन्दाले सोमवार साँझदेखि बाटो बन्द गरेर आन्दोलन गरेका हुन् ।

नगरपालिकाले पानी छ्यापेर बाटोमा धुलो नउड्ने अवस्था सिर्जना नबनाएसम्म सडकमा स्कुलका बाहेक कुनै पनि गाडी गुड्न नदिइने आन्दोलनकारीहरुको अडान रहेको छ ।

आन्दोनलनकारीहरुले मङ्गलवार भोट मागेर धुलाबारी जाँदै गरेका नेपाली काङ्ग्रेसका प्रदेश उम्मेद्वार अशोक पोखरेलको वाहनलाई समेत रोकेका थिए ।

तर आन्दोलनकारीहरुको माग जायज भएको र समाधानका लागि आफुले पनि पहल गर्ने बताएपछि उम्मेद्वार पोखरेलको गाडी छाडिएको थियो ।

आन्दोलनकारीहरुले धुलावारी मोडबाट दुई किलोमिटर दक्षिण क्याम्पस अगाडि बाटोमा बासको ढाट तेस्र्याएका छन् । गाडीहरु त्यहीबाट फर्किने गरेका छन् ।

विगतको पीच भत्किएर पुनः ग्राभेलिङ गरिएको सो सडकमा गाडी गुड्दा उड्ने धुलोले घर र वातावरण धुलाम्ये बनाएको र आफ्नै घर आँगनमा बस्दा पनि धुलोपीडत हुनु परेको पीडितमध्येकी स्थानीय डिगेन आधारभूत विद्यालयकी प्रधानाध्यापिका कृष्णकुमारी बानियाँ गुनासो गर्छिन् ।

मङ्गलवार मेचीनगर–१५ का वडाध्यक्ष राजन भट्टराई र धुलावारी प्रहरी कार्यालयको टोलीले आन्दोलनकारीसँग कुराकानी गरेको थियो ।

वडाध्यक्ष भट्टराईले नगरपालिकाको सहयोगमा सडकमा बुधवारदेखि धुलो नउड्ने गरी पानी छिट्ने व्यवस्था मिलाउने आश्वासन दिएको बानियाँ बताउँछिन् ।
वडाध्यक्षको आश्वासनपछि आन्दोलनकारीहरुले मङ्गलवार साँझदेखि बाटो खुला गरिदिएका छन् । ‘तर नगरपालिका मेयर र उपमेयर धुलोपीडित क्षेत्रमा निरीक्षण गर्न नआएमा र धुलो हटाउने भरपर्दो उपाय नगरेमा फेरि बाटो बन्द गरिने’ स्थानीयबासीले चेतावनी दिएका छन् ।

………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: