‘धेरै छोरीहरु राष्ट्रपति बनेको देख्न पाइनेछ’

  प्रकाशित मिति
२० चैत्र २०७२, शनिबार ११:३८


sava 2 sava 3 sava 4sava 5 sava 6 sava 7 sava 8 sava 9 sava 10 sava 11
विर्तामोड । सभामुख ओनसरी घर्ती मगरले नेपाली महिलाले समानताको हक प्राप्तिको लागि अझै सव्रिmय र चनाखो भएर लाग्नु पर्ने बताएकी छिन् ।

शनिबार झापाको विर्तामोडमा अन्तरपार्टी महिला सञ्जालले आयोजना गरेको ‘झापामा महिला सहभागिताको अवस्था, संविधान र स्थानीय निकायको निर्वाचन तथा तथ्याङ्क सार्वजनिकीकरण’ कार्यव्रmमलाई सम्बोधन गर्दै सभामुख घर्तीमगरले संविधानसभाबाट संविधान बनिसके पनि समानुपातिक समावेशी सिद्धान्तलाई अब व्यवहारमा कार्यान्वयन गर्न चनाखो भएर लाग्नु पर्ने बताएकी हुन् ।

उनले संविधानले खडा गरेको समानुपातिक आधारशीलाले राज्यको हरेक निकायमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको बताउँदै भनिन्–‘भोलि धेरै छोरीहरु मुलुकको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश बनेको देख्न पाइनेछ ।’

‘संविधानको ऐन विरोधी कोही बन्न सक्दैन’,उनले भनिन्–‘आँट र साहस गरेर अघि बढ्नुस् हामीले चाहे जस्तो समानताको राज्य प्रणाली बन्नेछ ।’ उनले विगतमा महिलाहरुले गरेको विभिन्न संघर्षहरुको योगदान स्वरुप नै राज्यको दुई मुख्य पदमा महिला पुग्न सफल भएको बताइन् ।

उनले झापाली महिलाहरु प्रगतिशील र अग्रगामी भएको उल्लेख गर्दै अबको स्थानीय निकायको निर्वाचनबाट स्थानीय क्षेत्रको नेतृत्व महिलाले नै गर्नुपर्ने बताइन् ।

सभामुख घर्तीमगरले सबै उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग र समुदायका लागि संविधानले दिएको अधिकार कार्यान्वयन गराउन प्रतिपक्षमा रहेको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसलाई समेत सहयोग गर्न आग्रह गरिन् ।

उनले वर्तमान संविधान महिलामैत्री रहेको उल्लेख गर्दै अब कानुन पनि महिलामैत्री नै बनाउने प्रतिवद्धता जाहर गरिन् ।

सञ्जालकी अध्यक्ष माया गुरुङको अध्यक्षतामा भएको कार्यव्रmममा सांसद रविन कोइराला, पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, शान्ति समिति झापाका अध्यक्ष सूर्यनारायण गणेश, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सञ्जालकै पूर्व अध्यक्ष सुशीला ढकालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सञ्जालकै सभाहलमा आयोजित कार्यव्रmममा महिलाको विभिन्न क्षेत्रमा रहेको प्रतिनिधित्वसहितको कार्यपत्र सञ्जालकी सदस्य लक्ष्मी न्यौपाने (सरु)ले गरेकी थिइन् । कार्यव्रmममा सञ्जाललाई जग्गा प्रधान गर्ने बयोबृद्ध टुङ्गबहादुर बस्नेत र अन्य सहयोगी दर्जन बढी व्यक्ति, राजनीतिक दल र विभिन्न कार्यालयहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यव्रmममा सांसद जीवन घिमिरे, मोहन टुडु, स्थानीय विकास अधिकारी खेमराज ओझा, नेपाली काङ्ग्रेसका जिल्ला अध्यक्ष उद्धव थापा, एनेकपा माओवादीका जिल्ला इन्चार्ज झलकसिंह दर्लामी,नेकपा एमालेका जिल्ला सचिव नवराज खरेल, एसपी ठाकुरप्रसाद ज्ञवाली, नेपाली सेना चारआलीका गणपति खेमनारायण पौडेल, राप्रपाका जिल्ला अध्यक्ष जयबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

सञ्जालकी उपाध्यक्ष गोमा भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यव्रmमको सञ्चालन सञ्जालकी सदस्य जसमाया गजमेरले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: