धेरै पानी पिउन नायिकाको सुझाव

  प्रकाशित मिति
३१ असार २०७३, शुक्रबार ०९:१६


Benishaसाधारणतया एक पटक मानिस मोटाइसकेपछि तुरुन्तै घट्न सक्दैन भन्ने गरिन्छ । तर नायिका वेनिसा हमाल भने अहिले त्यही तौल घटाउन प्रयासरत छिन् । उनी आफ्नो तौललाई ५५ केजीबाट घटाएर ४५ केजी बनाउने तयारीमा छिन् । उनी हाल ५१ केजीकी भएकी छिन् । ‘व्लाइन्ड रक’ नामक चलचित्रका लागि आफूले निर्वाह गर्ने पात्र सृष्टी केसीको भूमिकामा देखिन उनले ठूलै कसरत गरिरहेकी छिन् । बेनिसाकै शब्दमा तौल घटाउन र शरीर स्वस्थ राख्न उनले गरिरहेको प्रयासको खुलासा यस्तो छ ः–

 

म हाल ‘व्लाइन्ड रक’ नामक फिल्मको लागि तौल घटाइरहेकी छु । त्यसैगरी सृष्टीको चरित्रलाई आफूमा हुबहु उतार्न उनले आयोजना गरेको कार्यशालामा दैनिक एक घण्टा बिताउने गरेकी छु ।

पहिले त नुन र चिनीको मात्रा कम गरिरहेकी छु । पहिले दैनिक आहारमा एक कचौरा भात खान्थे भने अहिले त्यसलाई आधामा सीमित गरिरहेकी छु । त्यस्तै, जीम जानुपूर्व आटाको पाउरोटी, स्याउ तथा चारदेखि पाँच वटा आल्मन्ड खान्छु । त्यस्तै, जीम गरे पश्चात फलफूल, ओट तथा अण्डाको सेतो भाग खान्छु ।

खानामा पनि एक छाक उसिनेको चामल खान्छु । तरकारी पनि उसिनेकै मनपर्छ । जुनसुकै अवस्थामा पाइने हुँदा दैनिक चार लिटरसम्म पानी पिउँछु ।

अहिले दैनिक दुई घण्टा जीममा बिताइरहेकी छु । त्यसमध्ये एक घण्टा कार्डियाकलाई छुट्याउने गरेकी छु ।
डाइटिसियनले केरा र आँपलाई सकेसम्म नखानु भनेकाले कम खान थालेको छु । जङ्क फुडबाट पनि सकेसम्म टाढै बस्ने कोशिस गरिरहेकी छु । केरा र आँप दुबैमा बढी गुलियो हुने भएकाले तौल बढाउँछ भनेर नखान सुझाव दिएका छन् । त्यसैगरी पहिले वेट लिफ्टिङ गर्दा अण्डाको सेतो भाग दैनिक पाँच सात वटासम्म खान्थेँ भने अहिले एउटामात्र खान्छु ।

सुन्दर देखिन पहिले घरेलु विधि अपनाउँथे । तर हिरोइन भइसकेपछि घाममा धेरै हिँड्नु पर्ने, विभिन्न क्रिमको प्रयोग गरिने तथा सुन्दरताको लागि राम्रा राम्रा प्रोजक्टमात्र लगाउनु पर्ने हुँदा महिनामा दुई तीनपटक पार्लरमा विताउँछु । त्यसबाहेक आवश्यक, प्रोटिन, भिटामिन लगायतका सप्लिमेन्ट लिँदा महिनामा ३५ हजार रुपैयाँसम्म खर्च हुन्छ ।

मेरो सुन्दरताको राज एउटा त मैले आहार विहारलाई मेन्टेन गरेर पनि हो । अर्को ममा सकारात्मक सोचाई छ । म जे गर्छु सोचेर र बुझेर गर्छु । त्यसबाहेक पानी प्रशस्त पिउँछु ।

पहिले ढिलोसम्म सुत्ने गरेकोमा अहिले ‘अर्ली टु वेड, अर्ली टु राइज’लाई आत्मसाथ गर्दै बिहान साढे पाँचदेखि छ बजे भित्रमै उठिसक्छु । यो कुरा मेरो घरमा समेत चर्चाको विषय बन्ने गरेको छ ।

चलचित्र ‘ब्लाइन्ड रक’ सृष्टी केसी नामको पात्रमा आधारित छ । जसको भूमिका म गर्दैछु । सृष्टी आफैमा दुब्ली, पातली भएकोले उनीजस्तै देखिन मैले तौल घटाइरहेकी हुँ । त्यसबाहेक उनको व्यक्तित्व आकर्षक तथा उनको बोलाई पनि फरक भएकाले त्यसलाई आफ्नो चरित्रमा उतार्न कार्यरत छु । जसमा उनको तौलले ३०÷४० प्रतिशत भूमिका खेल्न भने उनका खानी बानी नै यसको मुख्य पक्ष हो ।

मानिसहरू धेरैजसो समय कि त टीभी हेरेर, कि सुतेरै विताउँछन् । त्यो भन्दा बढी तपाई आफ्नो शरीरलाई १५ मिनेटमात्र जगिङलाई समय दिन सक्नु भयो भने पनि त्यसले अतुलनीय परिवर्तन ल्याउँछ । जुन आफैं देखिन्छ । त्यसबाहेक पानी पिउँदा शरीरलाई रोग नलाग्ने हुँदा जतिसक्दो धेरै पानी पिउन सुझाव दिन्छु ।

(एजेन्सीको सहयोगमा)
(२०७३ असार ३१ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: