धेरै बजेट पाउनेमा मेचीनगर पहिलो

  प्रकाशित मिति
१७ जेष्ठ २०७४, बुधबार ०९:२९


echinagarमेचीनगर । झापा जिल्लाका १५ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट मेचीनगर नगरपालिकाले पाएको छ ।

स्रोतका अनुसार मेचीनगरलाई सरकारले ६० करोड ७२ लाख २७ हजार रुपैयाँको बजेट पठाएको छ । यो बजेट आगामी आव २०७४÷७५ का लागि विनियोजित गरिएको हो ।

दोस्रो धेरै बजेट पाउनेमा दमक नगरपालिका रहेको छ । जसले ४३ करोड ३९ लाख २१ हजार रुपैयाँ पाएको छ ।

सरकारले जनसङ्ख्याका आधारमा बजेट पठाएको हो । सबैभन्दा कम बजेट पाउने नगरपालिका कनकाई हो । जसको भागमा २७ करोड ३२ लाख १३ हजार रुपैयाँ मात्र बजेट परेको छ ।

कनकाई नगरको भन्दा बुद्धशान्ति, कचनकबल र कमल गाउँपालिकाको बजेट बढी छ । अर्जुनधाराले ३७ करोड ३९ लाख ५२ हजार, गौरादहले ३८ करोड ३२ लाख १३ हजार, विर्तामोडले ४० करोड ५१ लाख ४१ हजार, भद्रपुरले ४० करोड २० लाख र शिवसताक्षीले ४२ करोड ५८ लाख ६२ हजार रुपैयाँ बजेट पाएका छन् ।

यसैगरी, गाउँपालिकाहरुमा सबैभन्दा बढी बजेट कचनकबलले पाएको छ । उसका भागमा ३१ करोड २२ लाख ३१ हजार रुपैयाँ बजेट परेको छ ।
दोस्रो धेरै बजेट पाउने गाउँपालिकामा कमल गाउँपालिका (३१ करोड १६ लाख ९१ हजार) रहेको छ ।

गौरीगञ्जले २६ करोड ८० लाख २४ हजार, झापाले २६ करोड ५ लाख ९ हजार, बाह्रदशीले २६ करोड ८० लाख १९ हजार, बुद्धशान्तिले २७ करोड ५१ लाख ५२ हजार र हल्दिवारीले २४ करोड २७ लाख ४२ हजार रुपैयाँ बजेट पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: