नकारात्मक मात्र नबनौं

  प्रकाशित मिति
१७ जेष्ठ २०७३, सोमबार ०६:३१


बजेटका विशेषता र त्यसले पार्ने प्रभावका बारेमा चर्को वहस चलिरहेको यतिबेला सरकारले सामाजिक सुरक्षा भत्तामा गरेको दोव्वर वृद्धिको सर्वत्र सराहना भइरहेको छ । खासगरी वृद्धावस्थामा आफन्तबाटै प्रायः उपेक्षित जीवन भोग्न अभिषप्त ज्येष्ठ नागरिकहरूको मुहारमा हाँसो थप्न सफल भएको छ अहिलेको बजेट । कमसेकम आफ्नै आँगन परदेश भएको बेला देहले चाहेजस्तो खान्की खान र घुमघाम गर्न अब ज्येष्ठ नागरिकहरूले कसैको मुख ताक्न वा अनुकम्पा पर्खिन पर्दैन । सरकारले दिएको भत्ताले नै त्यो खर्च अलिकति भए पनि भरथेग गर्ने अवस्था सिर्जना हुनु बजेटको सफल पाटो हो ।
कुनै पनि बजेट आलोचनाबाट मुक्त हुँदैन । अझ हाम्रो जस्तो विपक्षीको राम्रो कामलाई पनि नराम्रै देख्ने संस्कार मौलाएको मुलुकमा वत्र्तमान सरकारको बजेटको खोटको चर्चा हुनु अस्वाभाविक लाग्दैन । आज नेकपा एमालेको प्रधानमन्त्री र अर्थमन्त्री छन् । त्यही कुर्सीमा हिजो नेपाली काङ्ग्रेस र नेकपा माओबादी पनि थिए । कुर्सीमा जोसुकै होस्, त्यसबेला र अहिलेको बजेट भाषणको समीक्षा गर्दा एउटा मेल जहिल्यै पनि छ–त्यो हो विपक्षी दलले बजेटलाई कहिल्यै राम्रो भनेका छैनन् । कनिका छरे जस्तो वितरणमुखी भयो, महङ्गी बढाउने भयो भन्ने जस्ता आरोपले हिजो पनि बजेटको आलोचना हुन्थ्यो, आज पनि निरन्तरता चलेकै छ । बजेट कुनै पनि नराम्रा थिएनन्, छैनन् । तर त्यसको सही कार्यान्वयन नहुँदा हाम्रा बजेट जनपयोगी सावित हुन सकेका छैनन् । इमान्दार कार्यान्वयन हुने हो भने अहिलेको बजेट उत्कृष्ट छ भनेर अर्थविद्हरू नै भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: