नकारात्मक समाचार लेख्ने दिन गए

  प्रकाशित मिति
२६ बैशाख २०७३, आईतवार १०:१३


khabarpati

मेचीनगर । पत्रकार महासंघका कन्द्रीय सदस्य तथा पूर्वाञ्चल सह संयोजक गणेश लम्सालले अब पत्रकारले नकारात्मक समाचार लेख्ने दिन गएको बताए ।

पत्रकारले सकारात्मक समाचार प्रकाशन तथा प्रशारण गरेर देशलाई समृद्धि तर्फ डोहो¥याउनु पर्ने बताउँदै आधारहिन समाचार लेखेमा पत्रकारहरु आफै पतन हुने उनको भनाई थियो ।

आइतबार मेचीनगरबाट प्रकाशन सुरु गरेको खबरपाटी साप्ताहिक पत्रिकाको विमोचन गर्दै लम्सालले अब हरेक क्षेत्रमा पत्रकार विज्ञ र स्पष्ट हुनुपर्ने धारणा ब्यक्त गरे । अध्ययन नगर्ने र प्रतिशोध साँधेर पत्रकारिता गर्नु मूर्खता भएको भन्दै उनले समय अनुसार पत्रकारहरु परिमार्जित हुनुपर्ने बताए ।

मेचीनगरको सभाहलमा भएको पत्रिकाको विमोचन कार्यक्रममा बोल्दै पत्रिकाका सम्पादक प्रकाश पौडेलले ग्रामीण क्षेत्रका समस्या र विकासका कुरालाई उठान गर्ने बताए ।

कार्यक्रममा शुभकामना ब्यक्त गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीले पत्रिकाले आवजविहीनहरुको आवाज बन्नुपर्ने बताउँदै पत्रिकाको निरन्तरताको कामना गरे । त्यस्तै नेपाल पत्रकार महासंका सचिव एकराज गिरीले पत्रकारहरु शहर केन्द्रित भइरहेका बेला खबरपाटीले ग्रामिण क्षेत्रलाई समेट्ने अठोट गर्नु प्रशंसनीय कुरा भएका बताए ।

कार्यक्रममा नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु पोख्रेलले पत्रिका कुनै पनि एक राजनीतिक दलको विचार बोक्ने नभएर सबैको भावना र विचार बोक्ने निस्पक्ष हुनुपर्ने धारणा ब्यक्त गरे । कार्यक्रममा प्रेस क्लब मेचीनगरका अध्यक्ष सन्तोष आर्र्चाय, चलचित्र निर्देशक दिनेशराज शर्मा लगायतले शुभकामना मन्तव्य गरेका थिए ।

पत्रिकका प्रकाशक कमल भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन पत्रकार नरेन्द्र ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: