नक्कली प्रहरी बनेर ठगी गर्ने दुईजना पक्राउ

  प्रकाशित मिति
२८ पुष २०७६, सोमबार १६:४६



भद्रपुर । झापाको बाह्रदशी गाउँपालिकाबाट नक्कली प्रहरी बनेर स्थानीय व्यापारीलाई ठगी गर्ने दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ स्थित राजगढ बजारमा व्यापार गर्दै आएका वडा नम्बर–४ चकचकी बस्ने व्यापारी अरफाक आलामलाई ठग्ने गौरीगञ्ज गाउँपालिका–१ का २८ बर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका वडा नम्बर–३ बस्ने २० बर्षीय जीवन दास रहेका छन् ।

उनीहरुले आलामलाई आफूहरु प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका ‘सिआइवी’ प्रहरी भएको भन्दै सोमबार दिउँसो. १२ बजे रु. सात हजार असुलेका थिए । आलामले तत्काल शंका लागि इलका प्रहरी कार्यालय राजगढमा खबर गरेका थिए ।
खबर पाउने वित्तिकै तत्काल खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापा ल्याएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: