नक्कली भारतीय नोटसहित ३ जना पक्राउ

  प्रकाशित मिति
२८ असार २०७७, आईतवार १७:०९


मेचीनगर, २८ असार । एक लाख ६४ हजार भन्दाबढी नक्कली भारु नोटसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

झापा प्रहरीले १ लाख ६४ हजार ९ सय रुपैयाँ नक्कली भारु नोटसहित कनकाई–३ स्थित सुरुंगाका मौसम श्रेष्ठ, वडा नम्बर ४ का खुर्सेद मिया र झापा गाउँपालिका वडा नम्बर ५ का एराजुल हकलाई शनिबार दिउसो पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्याललय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

उनीहरुलाई मुद्रा सम्बन्धी कसुरमा म्याद थपेर अनुसन्धान गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: