नगरकार्यपालिकाका लागि एमाले र कांग्रेसबाट उमेरद्वारी दर्ता

  प्रकाशित मिति
३१ असार २०७४, शनिबार १८:३९


धुलाबारी । मेचीनगर नगरकार्यपालिका गठनकालागि आज उमेरद्वारी दर्ता भएको छ । २५ सदस्यीय कार्यपालिका गठनकालागि ५ महिला सदस्य र ३ दलित तथा अल्पसंङ्ख्यक सदस्य चयनकालागि उमेरद्ववारी मनोनयन दर्ता आज सम्पन्न भएको हो ।

२५ सदस्यीय कार्य समिति चयनकालागि आगामि साउन ५ गते हुने निर्वाचन हुनेछ ।
नगर कार्यपालिकाकालागि नेकपा एमाले र नेपाली काग्रेसबाट मात्र उमेरद्वारी परेको छ । ५ जना महिला सदस्यकालगि नेकपा एमालेबाट रुपा गुरुङ्ग , कुसमी कुमारी चौधरी , निर्मला परियार , लक्ष्मी पाख्रीन तामाङ्ग र बिन्दा राईको उमेरद्वारी परेको छ । यस्तै नेपाली काँग्रेका तर्फबाट खिला मेचे , दुर्गा आचार्य , कमला दर्जी , धिरावती लिम्वु र मिनाकुमारी कामीको उमेरद्वारी परेको हो ।
यस्तै ३ सदस्यीय दलित तथा अल्पसंङ्ख्यक सदस्यमा नेकपा एमालेका तर्फबाट टिकाराम सार्की , कृष्ण कनाल , पुर्ण मेचेको उमेरद्वारी परेको छ । यस्तै नेपाली काँग्रेको तर्फबाट ध्रुव कनाल , कालु मेचे र शान्ति चौधरीको उमेरद्वारी परेको हो । असार १४ गते भएको निर्वाचनबाट ४८ सिट एमालेले जितेको थियो भने नेपाली काग्रेस २७ र माओवादी केन्द्रले २ सिटमा जित हासिल गरेको थियो ।

नगर कार्यपालिकामा १५ वडाका वडाध्यक्ष साथै प्रमुख र उपप्रमुख गरेर १७ जना निर्विरोध चयन हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: