नगरका हाकिमहरूलाई प्रश्नको वर्षा

  प्रकाशित मिति
१९ फाल्गुन २०७२, बुधबार १६:११


banijya 1

मेचीनगर । नेपाल राष्ट्रिय वाणिज्य सङ्घको मेचीनगर कमिटीले बुधवार काँकरभिट्टामा आयोजना गरेको ‘अन्तरव्रिmया कार्यव्रmम’ स्थानीय भन्सार, प्रहरी र नगरपालिकाका गतिविधिका विषयमा नगरवासीका तर्फबाट आएका प्रश्न र त्यसको जवाफका हिसावले ‘सार्वजनिक सुनवाई’मा परिणत भएको छ ।

मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा, मेची भन्सारका प्रमुख भीमप्रसाद अधिकारी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका इञ्चार्ज डीएसपी श्याम अधिकारी, सशस्त्र प्रहरीको काँकरभिट्टा गुल्मका डीएसपी प्रेम भण्डारी, पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख गणेश तिम्सिना लगायतका स्थानीय सरकारी निकायका हाकिमहरूलाई जवाफदेही वक्ताको रुपमा राखिएको सो कार्यव्रmममा नगरवासीले प्रश्नको वर्षा गरेका थिए ।

‘भारतमा रोजगारी गरेर फर्केका नेपालीलाई नै जाँचपासको बेला किन २ सय रुपैयाँ घुस मागिन्छ ?’–नेपाल प्रहरी र भन्सार कर्मचारीको नैतिकतामाथि सुरुतिरै एक जना सहभागीले प्रश्न तेस्र्याएपछि समर्थनमा हल तालीले गुञ्जिएको थियो ।

‘झोला उद्योगको कच्चा पदार्थमा सयौँ गुणा ज्यादा किन भन्सार बृद्धि गरिएको हो, त्यसले स्थानीय उद्योग नै धराशायी भएन र ?’–काँकरभिट्टाका मजदुर नेता तथा पाथिभरा झोला उद्योगका सञ्चालक खडानन्द भण्डारीले भन्सारका प्रमुखप्रति अर्को प्रश्न गरे ।
खुद्रा व्यापार सङ्घ मेचीनगरका अध्यक्ष भुपाल शिवाकोटीको प्रश्न पनि निकै खरो थियो । उनले नगरका कार्यकारी अधिकृत पशुपति खतिवडालाई सोधे–‘राजमार्गमा गिटी र वालुवा जताततै थुपारिएका छन्, नगर प्रहरी खटाएको कतै देखिदैन किन ?’

कार्यव्रmममा तेजपुर होटलका प्रोपाइटर ध्रुव गिरी, खुद्रा व्यवसायी उद्धव चौलागाई, तुलसा प्रसाई, महिला नेतृ चन्द्रा विमली शाही, व्यवसायी फडिन्द्र खतिवडा, फुटपाथ व्यवसायी नर्वदा अधिकारी, युवा सुमन कार्की, कपडा व्यवसायी भेषराज दाहाल लगायतले फुटपाथको समस्या, फोहोरको दुर्गन्ध, होटलको विकृति, विद्यालय परिसरमा सुर्तीजन्य वस्तुको विगविगी, प्रहरी र भन्सार कर्मचारीको घुस्याहा व्यहोरा, बसपार्कको भ्रष्टाचार, नाकाको तस्करी, भुस्याहा कुकुरको समस्या लगायतका विषयमा विभिन्न प्रश्न गरेका थिए ।

नागरिकका तर्फबाट गरिएका प्रश्नको जवाफ डीएसपी श्याम अधिकारी, सशस्त्र डीएसपी प्रेम भण्डारी, नगरका प्रमुख पशुपति खतिवडा, मेची भन्सारका प्रमुख भीम अधिकारी र पर्यटन कार्यालयका प्रमुख गणेश तिम्सिनाले दिएका थिए ।

जवाफको व्रmमममा नगरवासीबाट आएका गुनासाको शीघ्र सम्बोधन गरिने र सुझावलाई ग्रहण गरिने बताएका थिए ।

सङ्घका मेचीनगर अध्यक्ष रामबहादुर तामाङको सभापतित्वमा भएको कार्यव्रmममा काँकरभिट्टा खानेपानीका अध्यक्ष सूर्यप्रकाश उप्रेती, मेची उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष ललित तामाङ, वाणिज्य सङ्घका जिल्ला अध्यक्ष प्रह्लादमणि ओली, एमालेका नगर अध्यक्ष राजु पोखरेल, पार्टीका क्षेत्रीय अध्यक्ष अर्जुन पौडेल, क्षेत्रीय इञ्चार्ज गोपाल बुढाथोकी, नाइटचेस क्लवका अध्यक्ष सुन्दर बस्नेत, बुद्धिजीवी बुद्धिनाथ पौडेल, समाजसेवी डिल्लीराम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: