नगरपालिकाको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

  प्रकाशित मिति
१२ माघ २०७८, बुधबार २२:१६


काँकरभिट्टा, १२ माघ । मेचीनगर नगरपालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजना युवाको आज मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व आउदै गरेको नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडीले टोकला चिया बगानको गेटमा बुधबार बेलुका ७ वजे विपरित दिशाबाट गईरहेको मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर–७ का ३५ वर्षीय सन्तोष राजबंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गाडीले ठक्कर दिएका घाइते राजबंशीलाई तत्काल बिर्तामोड स्थित बीएण्डसी अस्पताल पठाईएको प्रहरीले बताएको छ । घाइतेलाई अस्पतालले ७ वजेर ३० मिनेटमा मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

ठक्कर दिने गाडी, गाडी चालक मेचीनगर–७ स्थित आयाबारीका राजकुमार प्रधान र मोटरसाइकल इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको छ ।

नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडी उपप्रमुख मिना पोखरेल उप्रेती चढ्ने गरेकी थिइन् । उनी आज राष्ट्रिय सभाको चुनावमा मतदान गर्न विराटनगर गएकी थिइन् ।

उनी उतै बसेकी थिइन् भने चालक प्रधानले गाडी लिएर घर फर्कदा त्यस्तो दुर्घटना भएको नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: