नगरपालिकाको गेटमै २० रुपैयाँ बढाएर प्याज बेच्नेलाई कार्वाही

  प्रकाशित मिति
२५ चैत्र २०७६, मंगलवार १९:२१


मेचीनगर । बजार मूल्यभन्दा २० रुपैयाँ बढीमा प्याज बेचेको भेटिए पछि सामान बेच्ने व्यवसायी र गाडीका चालकलाई मेचीनगर नगरपालिका र मेची उद्योग बाणिज्य सङ्घको संयुक्त बजार अनुगमन टोलीले मङ्गलबार नियन्त्रणमा लिएको छ ।

मेचीनगरको गेटमै सवारी साधनको सञ्चालन अनुमति पत्र समेत नलिई तरकारी बेचिरहेको तरकारीसहित मे १ च ५९६९ नम्बरको सानो हात्ती भेनलाई नियन्त्रणमा लिइएको हो ।

गोलभेडा, प्याज, सजिउन, आलु लगायतका तरकारी विक्री गदैं आएको सो गाडीले प्याज प्रतिकेजी ७० रुपैयाँमा विक्री गरेको थियो ।

उक्त मूल्य बजारको चलनचल्तीको मुल्यमा प्रतिकेजी २० रुपैयाँ बढी भएकाले कारवाही स्वरुप सवारी साधन नियन्त्रणमा लिइएको संघले जनाएको छ ।

गाडी र चालकलाई कारवाहीका लागि मेचीनगर नगरपालिकामा बुझाइएको मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए ।

नगरप्रमुख विमल आचार्यले नगरमा तरकारी तथा खाद्य सामाग्री ओसारपास गर्ने हरेक सवारी साधनसहित ठेला भेन, सिटी सफारी रिक्साले सम्बन्धित निकायबाट सञ्चालन अनुमति पत्र लिनुपर्ने र यसो नगरी काम गरे तत्काल कानुनी कारवाही गर्ने बताए ।

संघकातर्फबाट अनुगमनमा उद्योग उपाध्यक्ष कपिल क्षेत्रीसहितको सहभागिता रहेको थियो ।

सवारी साधनको अग्रभागमा ‘मेची उद्योग बाणिज्य संघ कोरोना विरुद्घ अभियान तरकारी डेलिभरी गाडी’ लेखिएको व्यानर राखिएको भए पनि संघले उक्त नम्बरको गाडीलाई यस्तो व्यवसाय गर्न अनुमति नदिएको उद्योग उपाध्यक्ष कपिल क्षेत्रीले बताए ।

संघले गाउँ घरमा यस्ता बस्तुको अभाव नहोस् भनेर केही सवारी साधनलाई संघमा सूचीकृत गरी संघले तोकेको मूल्यमा सेवा सञ्चालन गर्न अनुमति दिएको भए पनि उक्त गाडीका धनीले अनुमति नलिएको क्षेत्रीले बताए ।

पहिलो पटक भएकाले अब आइन्दा यस्तो काम नगर्न भन्दैं व्यवसायीलाई सजग गराउँदैं तरकारी सम्बन्धित पक्षलाई फिर्ता गरी सवारी साधन थप अनुसन्धानका लागि मेचीनगर नगरपालिकामा राखिएको छ ।

(समाचार स्रोत : लक्ष्मी उप्रेती)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: