शौचालयको फोहोर सोझै अदुवामा

  प्रकाशित मिति
२७ मंसिर २०७२, आईतवार १३:४४


 

nap

विर्तामोड । विर्तामोड नगरपालिकाले नगरवासीलाई हालै जारी गरेको एउटा सूचनामा भनिएको छ–‘शहरलाई सफा र सुन्दर बनाउने कार्यमा बाधा पु¥याई जथाभावी फोहोर फ्याँकेमा नगरपालिकाले स्थानीय स्वायत्त शासन ऐन अन्तर्गत कार्वाही गर्ने समेत जानकारी गराइन्छ ।’

नगरवासीलाई शहरी स्वच्छताका लागि उपदेश दिने विर्तामोड नगरपालिका आफुले भने दिसाजन्य फोहोर शहरको मध्यभागबाट बग्ने अदुवा खोलामा सोझै फ्याक्ने गरेको फेला परेको छ ।

शनिवार दिउँसो १ बजेको समय थियो । राजमार्गको अदुवा पुल पूर्वपट्टि राखिएको घुम्ती शौचालयका सञ्चालकले दिसाजन्य फोहोर सबैले देख्ने गरी अदुवा खोलामा मिसाउँदै थिए । वरपर दुर्गन्ध फैलिएको थियो । वेपर्वाह ती व्यक्तिले शौचालयको पश्चिमपट्टिको भागमा प्लाष्टिकले छोपेर राखेको पाइप खोलेर फोहोर सोझै खोलामा मिल्काएपछि एक बटुवाले लोकतन्त्र पोस्टलाई खबर गरे । लोकतन्त्र प्रतिनिधि त्यहाँ पुग्दा ती कर्मचारी फोहोर निखारेर खोलामा हाल्न व्यस्त नै थिए ।

विर्तामोड उद्योग वाणिज्य सङ्घले एक वर्ष अघि उपलब्ध गराएको सो घुम्ती शौचालय विर्तामोड नगरपालिकाले सञ्चालन गर्दै आएको छ । नगरपालिकाले त्यहाँ जम्मा हुने फोहोर सुरक्षित ढङ्गले कृषि थोकबजारस्थित ट्याङ्कीमा हाल्ने शर्तमा शौचालय ठेक्कामा लगाएको बुझिएको छ । तर ती ठेकेदारले अरुबेला साँझतिर लुकीछिपी खोलामा मिसाउँथे भने शनिवार चाहिँ दिउँसै मिसाएका थिए ।

शौचालयको तल्लो भाग चुहुने भएर अरु बेला पनि वरपर दुर्गन्ध फैलिने गरेको स्थानीय व्यवसायी बताउँछन् । नजिकैका थुप्रै होटल, उपचार केन्द्र र दोकानहरू दुर्गन्धबाट पीडित छन् ।

शहरलाई सफा बनाउने हो भने अदुवा खोला पनि सफा राख्न जरुरी छ । तर नगरपालिका आफैले सञ्चालन गरेको शौचालयले यस्तो के गरेको होला ? अब स्थानीय स्वायत्त शासन ऐन अन्तर्गत नगरपालिकालाई किन कार्वाही नगर्ने ?

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: