नगरपालिकाले दियो किसानलाई बाख्रा

  प्रकाशित मिति
८ असार २०७५, शुक्रबार १२:००


भद्रपुर । कृषि कर्मलाई नै पेशा बनाएका भद्रपुरका दश किसानलाई जीविकोपार्जनका लागि भद्रपुर नगरपालिकाले बाख्रा वितरण गरेको छ ।

भद्रपुरको प्रथम नगरसभाबाट ०७४÷०७५ को लागि स्वीकृत बजेट अनुसार भद्रपुरको दक्षिणी १ र २ नं वडाका किसानलाई बिहीबार २ नं वडास्थित दियालो सामुदायिक वन उपभोक्ता समिति परिसरमा उन्नत खरी जातका ५० वटा बाख्रा र बोयर जातका दुईवटा बोका वितरण गरिएको नगरपालिकाको पशु स्वास्थ्य शाखा प्रमुख गणेश भट्टराईले जानकारी दिए ।

विपन्न र मेहनती कृषक छनोट गरी १० जनाको कृषक समूह बनाएर उनीहरुलाई छुट्टाछुट्टै एकजनालाई पाँचवटा बाख्राका दरले ५० वटा बाख्रा वितरण गरिएको हो । बोका भने आवश्यकता अनुसार ती किसानले उपयोग गर्नेछन् ।

बाख्रा झापा बुधबारेका किसान हर्कबहादुर तामाङबाट खरिद गरी ल्याइएको भट्टराईले जानकारी दिए । बाख्रा वितरण कार्यक्रमका लागि ५ लाख ५० हजार रुपैयाँ खर्च भएको पनि उनले बताए । बोका खरिदमा १ लाख रुपैयाँ, किसानलाई खोर निर्माणका लागि प्रति परिवार १० हजार रुपैयाँका दरले एक लाख रुपैयाँ र बाँकी रहम बाख्रा खरिदमा खर्च भएको छ । नगरपालिकाले बाख्रा वितरण गरेको मात्र नभई तिनको औषधोपचारको पनि व्यवस्था गरेको भट्टराईको भनाइ छ ।

भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, १ नं वडाध्यक्ष दशरथ प्रधान, २ नं वडाध्यक्ष भीमबहादुर सुब्बा, वडा नं १ र २ का जनप्रतिनिधिको उपस्थितिमा बाख्रा वितरण गरिएको थियो ।

समूहमा आबद्ध धनबहादुर दास, धनकुमारी देवान, कमला ठटाल, पूर्णमाया घले, टेकबहादुर राई, बालिका दर्जी, मञ्जु ठटाल, विष्ष्णु खाती, भूपध्वज वस्नेतले पाँच–पाँच वटा र समूहका अध्यक्ष गुरुप्रसाद घिमिरेले ३ वटा बाख्रा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: